नेपाल लाइफ र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सम्झौता, बैंकका सबै शाखा मार्फत बिमा सेवा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 04, 2018 | 06:54:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेंस सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कर्पोरेट मार्केटिंङ पवन कुमार खड्का र बैंकका तर्फबाट नायब महाप्रबन्धक केशव राज पौडेलले हस्ताक्षर गरेका छन। 

सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले बैंकको केन्द्रिय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयबाट नेपाल लाइफको जीवन बीमालेख प्राप्त गर्न र बीमा शुल्क भुक्तानी गर्न सक्नेछन।  

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना १ सय २४ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ। 

यस अवधिमा नेपाल लाइफको अधिकृत पुंजी ५ अर्ब, चुक्ता पुंजी ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ। त्यस्तै कम्पनिको लगानी ५४ अर्ब रुपैयाँ छ भने जीवन बिमाकोष ४८ अर्ब रुपैयाँ छ। स्वदेश र विदेशगरि नेपाल लाइफबाट करिब २४ लाख व्यक्ति बिमित भैसकेको कम्पनिले जनाएको छ। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved