जनता बैंक र प्रुडेन्शियल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता, बैंकका सबै शाखा मार्फत बिमा सेवा

भावना लामा

भावना लामा

Jul 09, 2018 | 01:10:33 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल र प्रुडेन्शियल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ। सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र इन्स्योरेन्सका तर्फबाट बिके महर्जनले हस्ताक्षर गरे। 

सम्झौता अनुसार बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका ११९ शाखा कार्यालयहरु मार्फत प्रुडेन्शियल इन्स्योरेन्सको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने छन।

आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत जिबन तथा निर्जिबन बिमा सेवा दिने अभिप्रायले बैन्कासुरेंस सम्झौता गर्दै आएको छ। हाल बैंकले देशभर रहेका आफ्ना ११९ शाखा कार्यालय ४० शाखा रहित बैंकिङ इकाई, २ सिमित बैंकिङ इकाई, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 


जनता बैंक र प्रुडेन्शियल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ: सम्पादक

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved