असोज ९ र १० गते नेपालमा अन्तराष्ट्रिय बीमा सम्मेलन, यस्ता छन मुख्य एजेन्डा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 09, 2018 | 07:19:21 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राकृतिक बिपत्ति र साइबर अपराधको जोखिम बहन गर्ने क्षमता खोज्न नेपालमा अन्तराष्ट्रिय बीमा सम्मेलन हुने भएको छ। बिकाशशिल राष्ट्रका  बिमक तथा पुनर्बिमकहरुको संघ (एआईआरडीसी) र तीनीहरु नियामक निकायहरुको संघको सहयोगमा हुन लागेको हो।   

यस अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका २० देशका बीमा कम्पनी र नियामक निकायको भेला हुनेछ।  सम्मेलनमा भारत, जर्मनी, जापान लगायतका ८ राष्ट्रका वक्ताहरुले वीमा क्षेत्रको नेतृत्त्व, लघु बिमा, रेटिंग, नयाँ प्रविधीको अनुसरण, साइबर जोखिम, सम्बन्धमा प्र्स्तुती दिनेछन। 

सम्मेलनमा बीमा क्षेत्रको नियामक निकायका प्रतिनिधि, विदेशी बीमा विज्ञ, बीमाक्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु सहभागी हुनेछन् । सम्मेलनमा विदेशी मुलुकबाट करिब २ सय तथा स्वेदेशी गरी पाँच सय बढीको सहभागीता रहने बताइएको छ। सम्मेलनमा वीमाको वर्तमान समस्या र आगामी चुनौतीबारे छलफल गरिने भएको छ भने प्राकृतिक विपद जोखिम व्यवस्थापन सम्बन्धि बिषयलाई सम्मेलनको मुख्य एजेन्डा बनाइएको छ।   

२०७२ को महाबिनासकारी भूकम्प र वर्षेनी आउने बाढी तथा पहिरोले नेपालको जनजीवन प्रभावित भएको छ। यहाँ बीमा सम्बन्धि जनचेतना पर्याप्त नहुँदा बर्षेनी ठुलो नोक्सानी भएको बिषयलाई केन्द्रबिन्दुमा राखेर नेपालमा नै दोस्रो पटक सम्मेलन गर्न लागिएको हो। 

सम्मेलनमा प्राकृतिक विपत्ति र साइबर अपराधको जोखिम बहनबारे व्यापक छलफल हुने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले बताए। सम्मेलनले गाउँ गाउँमा बिमा पुर्याउने योजनालाई सघाउने र बिश्वभर नेपालका बीमा कम्पनी पनि बीमा व्यवसायका लागि सक्षम छन भन्ने संदेश जाने चापागाईंले बताए।  

नेपाल बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डेले सम्मेलन मार्फत अन्य विकासोन्मुख मुलुकका बीमा कम्पनीले अवलम्बन गरेका अभ्यास ग्रहण गर्ने र आफ्ना अनुभव सुनाउने बताए । 

एआईआरडीसीका उपाध्यक्ष तथा नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले भने विकासोन्मुख मुलुकका लागि प्राकृतिक विपत्ति जस्तै साइबर क्राइम पनि महत्वपूर्ण जोखिम भएको बताए। सम्मेलनमा प्राकृतिक बिपत्तिको र साइबर अपराधको जोखिम बहनबारे बृस्तृत छलफल हुने उनले बताए।

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले सम्मेलन पुनर्बीमा कम्पनीको बजार विस्तारको उपयुक्त अवसरको रुपमा उपयोग हुने बताए । हाल २९ देशबाट पुनर्बीमा व्यवसाय गर्दै आएको कम्पनीले सम्मेलनपछि थप केहि देशमा व्यवसाय विस्तार गर्ने दावी भण्डारीले गरे।

नेपाल पुनर्बिमा कम्पनीको प्रायोजनमा हुन लागेको २१ औं सम्मेलन असोज ९ र १० गते राजधानीको होटल सोल्टी क्राउन प्लाजामा हुनेछ।  एआईआरडीसीले प्रत्येक २ बर्षमा गर्ने यो सम्मेलन दोस्रो पटक नेपालमा हुन लागेको हो। यस अघि सन २००० मा नेपालमा यो सम्मेलन भएको थियो। सम्मेलन पश्चात हाल उपाध्यक्षको जिम्मेवारीमा रहेका विजय बहादुर शाहले अध्यक्षको जिम्मेवारी प्राप्त गर्नेछन् ।    



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved