यस अघिका योजनामा सन नेपाल लाईफ इन्स्योरेन्सको थप सुविधा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 02, 2018 | 12:28:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाईफ इन्स्योरेन्सले बालबच्चा जीवन बीमा बाहेक अन्य जीवन बीमा योजनाहरुमा थप सुविधा प्रचलनमा ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुका लागि १८ खालका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले कम्पनीमा प्रचलनमा ल्याएको बालबच्चा जीवन बीमा बाहेक अन्य जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको हो  । 

यस्तो सुविधा १६ वर्षको उमेर देखि नै लिन सकिने हुँदा न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध पूर्ण सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । यो योजनाको विशेषता भनेको न्युन बीमा शुल्कमा बीमितको भविष्य सुरक्षित गर्नु रहेको कम्पनिले स्पष्ट पारेको छ।

यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैंकास्युरेन्स सेवा लिएका बैंकहरुबाट समेत लिन सकिने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved