नेपाल पुनर्बिमा कम्पनी बिमा व्यवसाय तर्फ सबै भन्दा बढी कर बुझाउने कम्पनीको रुपमा सम्मानित भएको छ। नेपाल सरकारले बिभिन्न १५ विधाबाट कर तिर्ने १५ संस्थालाई सम्मान गरेकोमा बढी कर तिर्ने बीमा कम्पनीमा पुनर्बिमा कम्पनी सम्मानित भएको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले अर्थमन्त्री डा.युवराज खतिवडाबाट सम्मानपत्र ग्रहण गरे। आन्तरिक राजस्व विभागले तयार गरेको सुची अनुसार उद्योग, कृषि, वित्तीय क्षेत्र, बीमा व्यापार लगायतका क्षेत्रमा सर्वाधिक कर तिर्ने संस्थाहरु छनोट गरी हरेक वर्ष विभागले सम्मान गर्दै आएको छ ।