पुनर्बीमा र प्राइम लाइफबीच पुनर्बीमा सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2018 | 11:20:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बिमा कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्सबीच पुनर्बिमा व्यवस्थाको लागि सम्झौता भएको छ। दुवै संस्थाबीच सरकारले चालू आर्थिक बर्षको बजेटबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बिमा व्यवस्थाको लागि सम्झौता भएको हो। 

यस सम्बन्धि सम्झौतामा पुनर्बिमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्ताक्षर गरेका छन। यस सम्झौताले चालू आर्थिक बर्षको आरम्भदेखि नै पुनर्बिमा हुने र यसबाट दुवै कम्पनी लाभदायी हुने जनाइएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved