नेपाल बैंकका सम्पूर्ण ग्राहकलाई सवा १० लाखको निशुल्क बिमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2018 | 05:07:28 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स र  नेपाल बैंकबिच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंकका प्रमुख कर्याकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात बैकले आफूना खातावाला ग्राहकलाई निशुल्क रुपमा रु.१० लाख बराबरको  दुर्घटना बीमा र रु.२५ हजार बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्रदान गर्ने छ ।  प्रमुख कर्याकारी अधिकृत शाहले बैंकमा नागरिक बचत खाता खोलेका र खोलिने खातावालहरुको निशुल्क रुपमा रु.१० लाखको दुर्घटना बीमा तथा रु.२५ हजारको औषधोपचार बीमा हुने जानकारी दिंए। त्यस्तै आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved