सन नेपाल लाइफको विमा सुविधा सेञ्चुरी बैंकबाट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2018 | 01:09:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको विमा सुविधा सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited बाट प्रापत हुने भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच भएको सम्झोता अनुसार सेञ्चुरी बैंकका शाखाहरुबाट सन नेपाल लाइफको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न र दाबी भुक्तानी गर्न सकिने भएको हो ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले हस्ताक्षर गरे ।
सेञ्चुरी बैंकले हाल काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखा, २ वटा एक्स्टेन्सन काउन्टर र १२ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved