नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्सबीच सरकारले चालु आर्थिक वर्षको बजेटबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता भएको छ ।
नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सम्झौतामा हस्ताक्षर गरे ।