कैलाश विकास बैंक Kailash Bikas Bank Limited बाट सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सम्झौता भएपछि बैंकका ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सन नेपालबाट प्राप्त गर्ने भएका छन् । सन नेपालका बीमा लेखहरु कैलाश विकास बैंकका सबै शाखाहरु मार्फत खरिद गर्न सकिने जनाईएको छ ।
सम्झौतामा इफइन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र वैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।