संचालनको एक महिनामै महालक्ष्मी लाइफद्वारा ३५ जिल्लामा बीमा जागरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2019 | 10:05:53 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोवार सञ्चालनको १ महिना भित्र ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम सम्पन्न गरेको छ। १९ औं जीवन बीमा कम्पनीको रुपमा गत माघ २७ देखि कारोबार थालेको महालक्ष्मीले सातै प्रदेशका ३५ जिल्लामा ७५ वटा कार्यक्रम सञ्चालन गरेको जनाएको छ।    

महालक्ष्मीले प्रदेश १ को ४ वटा जिल्ला, प्रदेश २ को ७ वटा जिल्ला, प्रदेश ३ को १० वटा जिल्ला, प्रदेश ४ को ५ वटा जिल्ला, प्रदेश ५ को ५ वटा जिल्ला, प्रदेश ६ को २ वटा जिल्ला र प्रदेश ७ को २ वटा जिल्लामा अभिकर्ता तालिम तथा बीमा जागरण कार्यक्रम सञ्चालन गरेको जनाएको  छ।

जीवन बीमा व्यवसायको लागि अभिकर्ता नियुक्ति अनिवार्य भएको तथा कम्पनीको बीमा योजना सम्बन्धी जानकारी, कम्पनीको रणनीति र कार्यक्रम आम जनता समज्ञ पुर्याउन आवश्यक भएकोले तालिम र जनजागरण अभियान सञ्चालन गरिएको महालक्ष्मीका सीईओ रमेश कुमार भट्टराइले बताए।  

एक महिनाको यो कार्यक्रममा हाल सम्म ६,३०० भन्दा बढी व्यक्तिले सहभागिता जनाएका छन। कम्पनीले २०७५ चैत्र मसान्त सम्म अधिराज्यभरी अभिकर्ता तालिम र बीमा जागरण अभियानलाई निरन्तरता दिने र त्यस पछि बीमा व्यवसाय प्रभावकारी रुपमा सञ्चालन गर्ने कार्यक्रम बनाएको छ।

कम्पनीले बीमा समितिबाट स्वीकृति लिएको सातै प्रदेशको १३ वटा शाखा तथा उपशाखा तथा उपत्यका भित्रको १० वटा शाखा आउँदो चैत्र मसान्तभित्र सञ्चालन गरिसक्ने तैयारी गरिरेहको सीईओ भट्टराइले बताए। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved