माछापुछ्रे बैंकबाट महालक्ष्मी लाईफको बीमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2019 | 04:36:18 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा सुविधा माछापुछ्रे बैंक Machhapuchchhre Bank Limited बाट प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच यस्तो सम्झौता भएपछि माछापुच्छे« बैंकका ९७ वटै शाखाबाट महालक्ष्मी लाईफको जीवन बीमा योजनाहरु बिक्री हुने भएका छन् । महालक्ष्मी लाईफले हाल साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना मार्फत सेवा दिँदै आएको छ । 

सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved