गुँरास लाइफद्धारा ११ लाख दावी भुत्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 04:04:42 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company Limited ले बीमित मृतकको परिवारलाई ११ लाख ८ हजार ५ सय २ रुपैयाँ  बराबरको दावी भुत्तानी गरेको छ । इन्स्योरेन्सको लालबन्दी शाखाबाट गुराँस सावधिक जीवन बीमा अन्तर्गत ५ लाख रुपैयाँको बीमा पोलिसि खरिद गरी ५ किस्ता वापत १ लाख ८१ हजार ६ सय ४५ रुपैयाँ प्रिमियमा भुक्तानी गरेका विष्णु राज श्रेष्ठको मोटर साइकल दुर्घटनमा परि मृत्यु भएको थियो । 

विमतिको मृत्यु पश्चात् परेको दावीको भुत्तानी इन्स्योरेनसले मृतकको श्रीमति रेखा जोशीलाई हस्तान्तरण गरेको हो । कम्पनीको शाखा कार्यालय लालबन्दीका शाखा प्रमुख, बरिष्ठ अधिकृत लोक कुमारी काफ्ले उपस्थीत एक कार्यक्रमका बीच लालबन्दी नगरपालीका वडा नंं. १७ का वडा अध्यक्ष नवराज अधिकारी र उद्योग वाणिज्य सघंका अध्यक्ष कल्याण जोशीले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved