अध्यक्ष चापागाँईले खोले बीमा कम्पनीको फोर्स मर्जरको राज

विजय पराजुली

विजय पराजुली

May 26, 2019 | 08:47:53 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँइले बीमाको लाइसेन्सको लागि अहीले पनि दवाव आउने गरेको बताएका छन् । बीमा समितिमा सिधै निवेदन नआउने तर अर्थ मन्त्रालय बाट तोक लगाएको पत्र भने अहीले पनि आउने गरेको उनले बताए । यसरी अर्थमन्त्रालयको सिफारीसमा लाइसेन्स माग्नेहरुकोे दवावको कारण पनि बीमा समितिले मर्जरको नीति ल्याएको बताए । अब समितिले कुनै पनि प्रकारको नयाँ बीमा कम्पनीलाई अनुमति दिँदैन अवको उदेश्य भनेको  मर्जर नै हो मर्जर नीति ल्याइएको उनले उल्लेख गरे । 

बीमा समितिले आयोजना गरेको आर्थिक पत्रकारहरुलाई बीमा तालिम कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष चापागाइले बीमा कम्पनीहरुको मर्जर नीति सुशासन कायम गर्नुको साथै  बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्न दिएको समय सिमा पनि बारम्बार गुज्रिरहेको र बीमा कम्पनीहरुले एनएफआरएस लगायतको बहानामा वित्तीय विवरण समेत समयमा नबुझाएको भन्दै त्यस्ता कम्पनीहरुकालाई दवाव दिन मर्जर नीति ल्याइएको उनले बताए । यदि यसमा पनि अटेर गरे क्रस होल्डिङ विकल्प पनि बीमा समितिसँग रहेको बताए । बीमा ऐनमा कुनै एउटा कम्पनीको १ प्रतितशत शेरय रहे्को ले अर्को कपतनीको् १ प्रतिशत भन्दा ममाथि शेयर राख्न नपाउने ब्यवस्था रहेको भन्दै परिवारका अन्य सदस्यको नाममा  लगानी गरिहेको र त्यसलाई बीमा समितिले निगरानी गरिरहेकोले स्वेच्छिक मर्जर नगएके अवस्थामा क्रस होल्डीङ कम्म्पनीहरुलाई फोर्स मर्जमा लान बीमा समिति पछी नहट्ने दावि गरे । 

बीमा कम्पनीहरुलाई सहज गर्न कुलिङ पिरियड, योग्यता लगायतका क्षेत्रमा बीमा समितिले सहजिकरण गर्दा कम्पनीहरुले प्रमुख कार्यकारी नियूक्त नगर्ने समयमा वित्तीय विवरण नबुझाउने् पूँजी नपुर्याउने अनि त्यस्ता कम्पनीलाई मर्ज नगरेर के गर्ने ?’ उनको प्रश्न गरे। बीा समितिले बमिा कम्म्पनीहरुको गतिविधिलाई नजीकबाट नििरक्षण गरिरहेको पनि बताए । उने भने ‘बीमा समितिले नियमन गर्न नसकेर मर्जर नीति ल्याएको होइन बीमा कम्पनीको सुशासनलाई थप मजबुत बनाउन ल्याइएको हो । यसबाट बीमा समिति पछि हट्दैनन ।’

अहीले पनि बीमा समितिले नियनलाई निरन्तरता दिएको पनि उनले बताए । बजारमा जिवन बीमा तर्फ ६० प्रतिशत भन्मा माथि हिस्सा ओगटेको नेपाल लाइफ र लाइफ इनस्योरेन्स कर्पोरेसन नेपालमा बीमा समितिको टोलि अनुगमनको क्रममा रहेको उनले उल्लेख गरे । एउटा ब्यापारिको बीमामा पनि लगानी छ, बैंकमा पनि लगानी छ र उसैको उद्योग पनि छ । यस्ता ब्यवसायिलाई बीमा समितिको निर्देशनले  गाह्रो परेको होला, त्यही भएर मर्जर नगर्न दवाव आइरहेको उनको भनाई  छ । 

शुक्रबारबाट शुरु भएको तालिमको शनिबार समापन भएको थियो । उक्त कार्यक्रममा बीमा समितिका निमित्त कार्यकारी नर्देशक राजुरमण पौडेल, विमा विज्ञ भोजराज शर्मा, पत्रकार मदन लम्साल र बमिा समितिको चार्टर एकाउन्टनहरुले पत्रकारलाई तालिम दिएका थिए भने बीमा  समितिकाअध्यक्षले बीमा इतिहाँस र वर्तमान अवस्थाको विषयमा पस्तुति दिएका थिए । कार्यक्रमा समितिका सञ्चालक कपिलदेव ओलीको पनि उपस्थिति रहेकाने थियो भने बीमा क्षेत्रमा कलम चलाउने २८ जना पत्रकारहरुको तालिममा सहभागी थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved