महालक्ष्मी लाईफको एउटै बीमा योजनामा ३ थरि सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2019 | 11:52:12 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्सले चौथो बीमा योजनाको रुपमा जीवन हेरचाह बीमा ल्याउने भएको छ । उक्त योजना जेष्ठ २६ गते आईतबार बाट सर्वसाधारणमा विक्रिको लागि खुल्ला गरिनेछ । यो एउटै बीमा योजनामा टर्म इन्स्योरेन्स, एन्यूटी (पेन्सन) इन्स्योरेन्स र इण्डोमेन्ट इन्स्योरेन्सको समिश्रण रहेको  छ ।

केटाकेटी र संतानको सुरक्षित भविश्यलाई लक्षित गरी ल्याइएको यो बीमा योजनामा प्रस्तावक ९अभिभावक० को मृत्यू भएमा इच्छाईएको व्यक्तिलाई विमांक रकम एकमुष्ट तुरुन्त भुक्तानी गरिनेछ । बिमांक रकम भुक्तानी पछि पनि बीमाले निरन्तरता पाउदै अवधि समाप्ती नभएसम्म प्रत्येक तीन तीन महिनामा विमांक रकमको २.५ प्रतिशत बांकी जीवन निर्वाह भत्ता  (पेन्सन) को रुपमा पाईरहने, बाँकी अवधिको लागि बीमा शुल्क तिर्नु नपर्ने र भुक्तानी अवधि समाप्ती पछि पुनः विमांक रकम र आर्जित वोनस एकमुष्ट भुक्तानी पाउने व्यवस्था गरीएको छ । साथै प्रस्तावक दुर्घटनामा स्थायी अपांग वा असक्त भएमा बाकी अवधिको बीमा शुल्क छुट हुने  र १२ वर्ष सम्म त्रैमासिक रुपमा विमांक रकमको २.५ प्रतिशत जीवन निर्वाह भत्ता उपलब्ध हुने व्यवस्था गरिएको छ ।

यस जीवन बीमा कम्पनीले अहिले ३० वटा भन्दा वढी शाखा र उपशाखाबाट सेवा प्रबाह गरिरहेको छ ।

                                                               

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved