ज्योति लाईफका ग्राहकलाई समर अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 12:36:36 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकलाई  जनकपुर स्थित समर अस्पतालमा विशेष छुट हुने भएको छ । इन्स्योरेन्स र हस्पिटलबीच भएको सम्झौता अनुसार इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले  अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्ने जनाइएको छ ।

सम्झौता पत्रमा इन्स्योरेन्सका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र अस्पतालका प्रबन्ध निर्देशक डा. सुजित यादवले हस्ताक्षर गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved