सानिमा लाइफले ल्यायो १८ घातक रोग सुरक्षाको वीमा योजना, ५० लाखसम्म एकमुष्ट पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 01:16:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाइफ इन्स्योरेन्स Sanima life Insurance ले मुख्य घातक रोग सुरक्षाको लागि स्वास्थ्य सुरक्षा वीमा योजना ल्याएको छ। वीमा प्रस्तावकले निर्धारित बीमा शुल्क तिरेर १८ वटा घटक रोग सुरक्षाको बीमा गर्न सकिने कम्पनीले जनाएको छ। 

बीमीत घातक रोगबाट पिडित भएको प्रमाणीत भएमा शर्तहरुको परिधि भित्र रही मुल बीमाङ्कको आधारमा ५० लाखसम्म वीमा सुविधा एकमुष्ट प्रदान गरिने सानीमा लाइफले जनाएको छ।

यस योजनामा न्युनतम ५० हजारदेखि अधिकतम ५० लाखको सुविधा रहेको छ। १८ बर्षदेखि ५५ बर्षसम्मका ले यस योजनामा सहभागी जनाउन पाउनेछन भने वीमा अवधि ५ बर्षदेखि २५ बर्षसम्म रहनेछ। अधिकतम बीमा शुल्क भुक्तानी उमेर ६५ वर्ष सम्म कायम गरिएको छ।   

यस योजना अन्तर्गत कडा प्रकृतिको क्यान्सर, निरन्तर डायलसिसको आवश्यकता पर्ने गरी भएको मृगौला विफलता, निरन्तर लक्षण सहितको मल्टिपल स्क्लेरोसिस, मुख्य अंग÷बोन म्यारो प्रत्यारोपण, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरुको मर्मत, जस्ता १८ वटा घातक रोगहरु रक्षावरण हुने जनाइएको छ।

प्रतिक्षा अवधि र अस्तित्व अवधि अन  यस योजना अन्तर्गत बीमा प्रारम्भ भएको वा बीमा पुनर्जागरण भएको ९० दिन सम्म प्रतिक्षा अवधि कायम गरिएको छ ।

प्रतिक्षा अवधि अन्तर्गत बीमा प्रारम्भ भएको वा बीमा पुनर्जागरण भएको ९० दिन सम्म प्रतिक्षा अवधि कायम गरिएको छ। त्यस्तै अस्तित्व अवधि घातक रोग निरुपण अवधि ३० दिन कायम गरिएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved