बीमा कम्पनीको गलत नीतिले रौतहटमा छोरीको हत्या, 'बुढी मरी भन्दा काल पल्किने डर भयो'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 05, 2019 | 09:34:07 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमाको रकमको लागि बुवाले छोरीको हत्या गरेको घटनाले बीमा क्षेत्रनै झस्किएको छ। दोब्बर रकम पाउने लोभमा जीवन बीमा गरेको महिना दिन पनि नबित्दै छोरीको हत्या गरेको घटनाले बीमा क्षेत्रनै ससंकित बनेको छ।

२५ लाख रुपैयाँको जीवन बीमाबाट दोब्बर रकम पाउने बुझेपछि पांच सन्तानका पिताले ४ वर्षीया बालिका लक्ष्मीकुमारी यादवको हत्या गरेको घटनाले बीमाबारे नेपाली समाजको बुझाई कता जाँदै छ भन्ने प्रश्न उब्जिएको छ। 

यादवलाई छोरीको जीवन बीमा गरेपछि ज्यान तलमाथि भए क्षतिपूर्ति पाइने अभिकर्ताले बताएको अनुसन्धानको क्रममा खुल्न आएको छ। आर्थिक स्थिति एकदमै कमजोर रहेकाले गुजारा चलाउन छोरीको हत्या गरेको यादबले बयान दिएका छन।

बीमा कम्पनीमा नेपालकै पहिलो सीईओ रुपमा आफ्नो परिचय बनाएका महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेशकुमार भट्टराईले रौतहटको यस घटनाले नेपालको वीमा क्षेत्रका सरोकारवालालाई मात्रै नीति निर्मातालाई समेत सोच्न बाध्य तुल्याएको बताएका छन। 

यस घटनाले भारतमा बिगतमा हुने गरेको घटनालाई स्मरण गराएको भटराईको भनाई छ। बीमाको रकम पाउनलाई बच्चाको हत्या गर्ने घटना बढेपछि बच्चाको मृत्युमा बाबु आमाले लाभ लिने गरि कुनै बीमा पोलिसी नल्याउन भारतले निर्देशन नै दिएको थियो। 

नेपालमा यसअघि यस्तो घटना सुन्नमा नआएको तर अब भने यस्तो घटना नदोहोरिएला भन्न नसकिने सीईओ भट्टराइको भनाई छ। 'आज एउटा व्यक्तिले आफ्नो छोरीको हत्या गर्‍यो, भोलि यस्तो घटना नदोहोरिएला भन्न सकिदैन, त्यसैले यसलाई रोक्न नीति परिवर्तन गर्नुपर्छ’ भटराईले भने, 'बुढी मरी भन्दा पनि काल पल्किने डर भयो, बेलैमा सबै सचेत हुनुपर्छ।'

बच्चाको मृत्युमा एकमुष्ट भुक्तानि दिने बीमा कम्पनीको गलत नीतिले रौतहट घटना भएको भट्टराइको बुझाई छ। बच्चाको पोलिसीमा बच्चाको मृत्युमा बाबुले कमाउने गरि भन्दा बाबू-आमाको मृत्युमा बच्चाको बर्तमान र भबिष्य सुरक्षित हुने गरि बीमा कम्पनीले पोलिसि ल्याउनु पर्ने उनले बताए।   

'बीमा समिति र सरकारले बच्चाको मृत्युमा आमा बुवाले सुबिधा पाउने गरि बीमा पोलिसि ल्याउन रोक लगाउनु पर्छ र त्यस्ता पोलिसि पुराना कम्पनीको भए पनि अब उप्रान्त बिक्रि बन्द गर्नु पर्छ' भट्टराइले भने, 'बच्चाको पोलिसीमा प्रस्तावक बाबू आमाको मृत्यु वा स्थायी अपागं हुदा बच्चाको भबिष्य सुरक्षित गर्न कसरी बढि भन्दा बढि सुबिधा राख्न सकिन्छ त्यस तर्फ बीमा कम्पनी लाग्नु पर्छ र बीमा समितिले पनि प्रोत्साहन गर्नु पर्छ।'

अभिकर्ताको पनि कमजोरी 

केहि अभिकर्ताहरुले बुझेर नबुझेर बीमा पोलिसि बिक्रि गर्न कै लागि बिमाकं रकम दोब्बर हुने झुटो र गलत प्रलोभन देखाउदा लोभमा परेर यादबले बच्चा नै मार्ने दुष्कर्म गरेको हुन सक्ने अनुमान गरिएको छ। अतः अभिकर्तालाई सहि तालिम दिई सपना वा झुटो आश्वासन हैन पोलिसिको यथार्थ भनेर बिक्रि गर्न प्रोत्साहन गरिनु पर्ने भट्टराइले बताए। 

यस घटनामा सबैले सिख सिकेर बीमा कम्पनीले पनि जसरि पनि बीमा पोलिसि अत्यधिक बिक्रि गर्ने गलत सोचले भन्दा सहि तरिकाले गुणस्तरिय ब्यापार गर्ने तर्फ लाग्नु पर्छ। अभिकर्तालाई गलत भ्रम फैलाई पोलिसि बेच्नबाट रोक्नु पर्छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved