एकसाथ २० हजार इन्जिनियरको बीमा गर्दै बीमा कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 03:07:59 PM मा प्रकाशित

laxmi  sunrise bank

बीस हजार इन्जिनियरको एकै पटक सामूहिक दुर्घटना बीमा हुने भएको छ । जोखिमपूर्ण काममा खटिनुपर्ने भएकाले नेपाल इञ्जिनियर्स एशोसिएशनबाट आयोजना हुने ५७औँ इञ्जिनीयर दिवसका अवसरमा प्रतिव्यक्ति रु १० लाखका दरले दुर्घटना बीमा गर्न गर्न लागिएको हो । 

आज आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष प्रा डा त्रिरत्न बज्राचार्यले सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा इञ्जिनीयरको सामूहिक दुर्घटना बीमा गर्न लागिएको जानकारी दिए । बीमाङ्कबापतको पहिलो किस्ता रकम भने एशोसिएशन आफैँले उपलब्ध गराउने भएको छ । त्यसमा रु ५० लाख उपलब्ध गराएर बीमा शुरु गरिनेछ । 

जुन स्थानमा हाम्रा इञ्जिनीयरले काम गर्छन् सोही स्थानमा नै एक प्रकारको समझदारी गरी बीमा रकम उपलब्ध गराउन प्रयास गरिने अध्यक्ष बज्राचार्यले बताए ।

नेपाल इञ्जिनीयरिङ परिषद्का अनुसार हाल देशभर ५० हजार इञ्जिनीयर छन् भने एशोसिएशनमा आबद्ध भएका इञ्जिनीयरको सङ्ख्या २७ हजार छ । 

एशोसिएसनले हरेक वर्ष साउन ३ गते ‘इञ्जिनीयर दिवस’ मनाउने निर्णय गरेको थियो । दिवसका अवसरमा ऊर्जा, सिँचाइ तथा खानेपानी, यातायात पूर्वाधार, सङ्घीयता कार्यान्वयन, सुशासन र सूचना प्रविधिका क्षेत्रमा तीन प्राविधिक सत्रको आयोजना गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा इञ्जिनीयरिङ क्षेत्रमा लामो समयदेखि योगदान गर्ने इञ्जिनीयरलाई समेत सम्मान गरिने  एशोसिएसनले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved