रिलायन्स लाइफले ६३ करोडको आइपिओ ल्याउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2019 | 03:06:50 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोड बराबरको सर्वसाधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारण सभामा यसबारे जानकारी गराईएको हो ।

साधारण सभामा अध्यक्ष ताराचन्द केडियाले आ.व.२०७४/७५ को वार्षिक प्रतिवेदन पेश गरे । कम्पनीले लेखापरीक्षक नियुक्ति गर्ने रसर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

इन्स्योरेन्सले हाल ८८ वटा शाखा÷उपशाखा मार्फत सेवा दिँदै आएको छ । कम्पनीको अधिकृत पूँजी ३ अर्ब र जारी पुँजी २ अर्ब १० करोड छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशतको हुन आउने ६३ करोड बराबरको शेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved