आइएमई लाइफले आइपिओ जारी गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2019 | 04:26:42 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लाइफ इन्स्योरेन्सको कारोवार सुरु भएको २ वर्ष पूरा भएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पधातर््मक उपस्थिति जनाएको बताए । 

चालु आ.व.२०७६/७७ मा थप शाखा बिस्तार, बीमित, अभिकर्ता एवं सेवाग्राहीको पहँुचलाई छरितो बनाउने सहित उत्प्रेरणा हुने खालको निति तर्जुमा गरिने अध्यक्ष अर्यालले जानकारी दिए । 

कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशन अनुसार धितोपत्र ऐन बमोजिम निर्देशन पूरा गरि सर्वसाधारणका लागि शेयर जारी गर्ने जनाएको छ । 

वार्षिकोत्सवका विषयमा “आइएमई सामूहिक सावधिकबोनस सहितको जीबनबीमा योजना” सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले अभिकर्ताको लागि आर्कषक प्रोत्साहन योजना ल्याईने बताए । 

बैंकले ८५ स्थानमा शाखा मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved