नेपाल इन्स्योरेन्सको साधारणसभाले गर्यो २ महत्त्वपूर्ण निर्णय, मर्जरको बाटो खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 08:03:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्सको लाभांश प्रस्ताव पारित भएको छ। कम्पनीको भदौ ८ गतेको ७० औं बार्षिक साधारणसभाले आफ्ना सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताब पारित गरेको हो। 

त्यस्तै सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ।

बोनस वितरणपछि कम्पनीको चुक्तापुंजी १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ पुग्नेछ। बोनस लिनलाई सेयरधनीले त्यसमा लाग्ने कर भने आफैंले तिर्नुपर्नेछ। 

गत आर्थिक बर्ष नेपाल इन्स्योरेन्सले ५८ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी १८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved