निजि लगानीका ४ ठुला बीमा कम्पनीमा कुन सूचकमा को उत्कृष्ट ? (रिपोर्ट)

विजय पराजुली

विजय पराजुली

Aug 27, 2019 | 10:25:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष सकिएसँगै जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिरहेका छन्। संचालनमा रहेका १९ वटै जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनीक गरिसकेका छन।

लगनिकर्तामा लगानीको निर्णय लिन सहज होस् भन्ने उदेश्यले यसअघि एकैपटक लाइसेन्स पाएका यी ४ जीवन वीमा कम्पनीमा कुनमा लगानी बढी प्रतिफलमुलक हुन् सक्छ भन्नेबारे रिपोर्ट तयार गरेका थियौं। यहि क्रमलाई निरन्तरता दिंदै निजि क्षेत्रको लगानीमा संचालनमा आएका ४ जिवन बीमा कम्पनीहरु नेशनल लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, र मेट लाइफ नेपालको विश्लेषण गरेका छौं।  

चुक्ता पुँजी

४ वटा कम्पनीमा सबैभन्दा धेरै चुक्तापुँजी नेपाल लाइफको छ । आर्थिक वर्ष २०७४÷०७५ को मुनााफाबाट २५ प्रतिशत बोनस शेयर दिएको कम्पनीका चुक्ता पुँजी ५ अर्ब ४९ करोड रहेको छ। त्यस्तै आर्थिक वर्ष २०७४÷०७५ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर दिएको लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको चुक्ता पुँजी १ अर्ब ४९ करोड रुपैयाँ, नीजि क्षेत्रकै सबैभन्दा पुरानो जीवन बीमा कम्पनी नेशनल लाइफको ३ अर्ब चुक्त पुँजी रहेको छ । साविकको अमेरिकन हालको मेट लाइफ विदेशी जीवन बीमा कम्पनीको शाखाको रुपमा संचालनमा आएको मेटा लाइफको भने शेयर क्यापीटल छैन ।

जगेडा कोष

जगेडा कोषमा पनि सबैभन्दा बलियो नेपाल लाइफ नै रहेको छ। विमाङकीय मुल्याङकन रिर्पोट पछिको मुनाफा आउन बाँकी रहेकोले कम्पनीको जगेडा कोष भने घटेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ४३ करोड रहेको छ । विदेशी कमपनीको शाखाको रुपमा काम गरिरहेको मेट लाइफको जगेडा कोषमा २ अर्ब ९ करोड लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको जगेडा कोषमा ९३ करोड र नेशनल लाइफको जगेडा कोष्मा ९१ करोड रहेको छ । एक वर्षको अवधिमा नेशनल लाइफको जगेडा कोष ८१ प्रतिशतले वृद्धि हुदा नेपाल लाइफको भने १९ प्रतिशतले घट्न पुगेको छ ।


जीवन बीमा कोष

जीवन बीमा कम्पनीहरुको प्रमुख सुचकको रुपमा जीवन बीमा कोषलाई लिइन्छ। गत असार मसान्तसम्मको तथ्याङक हेर्दा नेपाल लाइफ इन्स्योरेन्स  सबैचन्दा अगाडी देखिन्छ । दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरसन नेपालको भन्दा नेपाल लाइफको बीमा कोष करिब ११ अर्बले बढी रहेको छ । कम्पनीको बीमा कोषमा ५६ अर्ब भन्दा माथि रहेको छ भने लाइफ इन्स्योरेन्स कार्पोरेसन नेपालको बीमा कोषमा ५४ अर्ब रहेको छ । यस्तै सबैभन्दा पुरानो जीवन बीमा कम्पनीले नेशनलको बीमाकोष २७ अर्बको रहेको छ भने मेट लाइफको बीमाकोष १६ अर्बको रहेको छ ।

चुक्ता पुँजी सबैभन्दा धेरै रहेको नेपाल लाइफ नै अझैपनि सबैभन्दा बलियो जीवन बीमा कम्पनी रहेको देखिन्छ । कम्पनीको जिवन बीमा कोष  गत आर्थिक वर्षमा ३१ प्रतिशतले वृद्धि हुँदा लाइफ इन्स्योरेन्स कार्पोरेसन नेपालको २७ प्रतिशत, नेशनल लाइफ इन्स्योरेनसको २४ प्रतिशत र मेट लाइको ११ प्रतिशतले जीवन बीमा कोषमा वृद्धि भएको छ । पुरानो जिवन बीमा कम्पनी नेशनलले म्यादी बीमालाई फोकस गर्ने गरेकोमा पछिल्लो समय दिर्घकालिन बीमा पोलीशिलाई पनि फोकस गर्दै गएको देखिन्छ । यता लाइफ इनस्योरेन्स कर्पोरेसन नेपाल र नेपाल लाइफ बीच भने राम्रो प्रतिस्पर्धा भइरहेको छ । नेपाल लाइफलाई लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले पछ्याइरहेको छ ।



खुद बीमाशुल्क आर्जन

गत आर्थिक वर्षमा खुद बीमाशुक आर्जनमा पनि नेपाल लाइफ नै अग्र स्थानमा छ। नेपाल लाइफले अघिल्लो आर्थिक वर्षको तुलनामा ४२.७७ प्रतिशतले बढाउँदै गत आर्थिक वर्षमा २२ अर्ब ८२ करोड ५० लाख खुद बीमाशुल्क आर्जन गरेको छ । यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २८.२५ प्रतिशले वृद्धि गर्दै १३ अर्ब ३४ करोड ७१ लाख, नेशनल लाइफले २७.१८ प्रतिशले वृद्धि गर्दै ७ अर्ब ८० करोड २ लाख र मेट लाइफले १५.०४ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब ७ करोड ५५ लाख बीमाशुल्क आर्जन गरेका छन् । बीमा कम्पनीहरुको ब्यवसाय विस्तारको अवस्था कस्तो रहेको छ भनेर खुद बीमाशुल्क आर्जनले नै बताउँछ ।


बीमालेख संख्या

म्यादी बीमामा सबैभन्दा ठुलो हिस्सा रहेको नेशनल लाइफको बीमालेख संख्या घट्दा अन्य ३ कम्पनीको भने बढेको छ । बीमा समितिले गत माघ १ गते बाट बैदेशिक रोजगार म्यादी बीमालाई पुलमार्फत सञ्चालन गरेको छ । म्यादी बीमालाई पुलमार्फत सञ्चालन गरेकोले केही कम्पनीले कायम रहेको बीमालेखमा म्यादी बीमालाई समावेश गरेका छैनन, त्यसैले अन्य सुचकमा प्रगतिको बावजुत पनि नेशनलकोे बीमालेख संख्या भने घटेको हुनसक्छ । उक्त अवधिमा मेट लाइफको सबैभन्दा बढी ६७ प्रतिशतले बीमालेखको संख्या बढेको छ । यस्तै नेपाल लाइफको ११ प्रतिशतले र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको १० प्रतिशतले बढ्दा नेशनल लाइफको ९ प्रथिशतले घटेको छ ।


खुद मुनाफा

अल्पकालिन प्रकृतिको म्यादी बीमालेख र बीमालेख धितो लगायतबाट प्राप्त आम्दानीलाई बीमा कम्पनीहरुको बीमाङकीयम मुल्याङकन पुर्व नै विभिन्न खर्चहरु कटाएर मुनाफाको रुपमा देखाउने गर्दाछन । तर बीमा कम्पनीको वास्तवीक मुनाफा भने विमाङकीय मुल्याङकन पश्चात् मात्र आउने गर्दछ । त्यसैले बीमा कम्पनीले अपरिस्कृत रुपमा प्रकाशित मुनाफालाई अन्तीम मुनाफा मान् सकिदैन । बीमा कमपनीको बीमाकोष जति धेरैे हुन्छ । बीमाङकीय मुल्याङकन पछिको नाफा पनि त्यति नै धेरै हुने गर्दछ । अपरिस्कृत विवरण अनुसार ४ वटा कम्पनी मध्ये सबैभन्दा धेरै मुनाफा नेपाल लाइफले आर्जन गरेको छ । कम्पनीले ५२ करोड ३२ लाख मुनाफा आर्जन गरेको छ । यस्तै नेशनल लाइफले ३३ करोड ६३ लाख, मेट लाइफले ३१ करोड ८६ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले १६ करोड १५ लाख मुनाफा आर्जन गरेको छ।


बीमा कम्पनीको वास्तविक क्षमता हेर्नको लागि कम्पनीको बीमाकोष कस्तो छ भनेर हेर्नुपर्ने हुन्छ । जीवन बीमा कम्पनीको वास्तविक मुनाफाको लागि विमाङीय मुल्याङकन रिपार्ट आउनुपर्ने हुन्छ । जीवन बीमाकोषमा जति धेरै रकम छ त्यो कम्पनीको विमाङकीय मुल्याङकन पछिको नाफा पनि बढी हुन्छ । बिमाङकीय मुल्याकन गर्दा बीमा कोषमा रहेको रकमको लगानीबाट प्राप्त आम्दाम्दानीको अधिकतम १० प्रतिशत सम्म शेयरहोल्डर फण्डमा जम्मा गर्न पाइन्छ । भने बाँकी रहेको ९० प्रतिशत पोलिशी होल्डरको फण्डको रुपमा पुन बीमा कोषमा नै जाने गर्दछ ।

१९ वटा जीवन बीमा मध्ये राष्ट्रिय बीमा संस्थानमा पुर्ण सरकारी स्वामित्व रहेको छ भने मेट लाईफ विदेशी बीमा कम्पनीको शाखा कार्यलय हो । अन्य १७ वटा जीवन बीमा कम्पनीमा सबैभन्दा पुरानो नेशनल लाइफ इन्स्योरेन्स कम्पनी हो भने नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाललेसँगै लाइसेन्स पाएका हुन् । त्यसपछी २०६४ मा प्राइम लाइफ, एसियन लाइफ, सूर्या लाइफ र गुराँस लाइफले लाइसेन्स पाएका थिए । त्यसपछी बीमा समितिले २०७४ मा ९ वटा र २०७५ मा एउटा बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved