बिजपाटी सम्बाददाता     Aug 28, 2019 | 12:00:00 PM



युनाईटेड ईन्स्योरेन्स United Insurance Company (Nepal) Limited को संचालक समितिको अध्यक्षमा एन.ई गु्रपका भरत बहादुर कार्की चयन भएका छन । संस्थापक शेयर धनीका रुपमा यसअघि पनि उक्त ग्रपका उदयकृष्ण उपाध्याय अध्यक्ष थिए ।

ग्रुपल भदौ २ गते कार्कीलाई मनोनयन गरि संचालक समितिमा पठाएको थियो । भदौ ९ गते बसेको कम्पनीको संचालक समिति बैठकले कार्कीलाई अध्यक्षमा चयन गरेको हो । 

उनले मंगलबार बीमा समितिका अध्यक्षबाट सपथ लिई कार्यभार सम्हालेका छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7