ज्योति लाइफको वार्षिकोत्सवः नयाँ बीमा योजनादेखि अभिकर्ता सम्मानसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2019 | 03:43:55 PM मा प्रकाशित

laxmi  sunrise bank

यस ज्योति लाईफ इन्स्योरेन्सले दोस्रो वार्षिकोत्सवमा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गरेको छ । अभिकर्तालाई प्रोत्साहन र सम्मान स्वरुप एजेन्सी अवार्डस् नाईट दोस्रो संस्करणबाट कम्पनीले सम्मान गरेको हो । 

कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर महानायक राजेश हमाल, कम्पनी संचालक समितिका पदाधिकारी, कम्पनीका कर्मचारीहरु तथा उत्कृष्ट व्यवसाय गर्ने ३०० भन्दा बढी अभिकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीले “ज्योति थ्री–२० धन बहार” नामक नयाँ जीवन बीमा योजनाको सुरुवात गरेको छ । यो बीमा योजना १२, १५, १८ र २१ वर्ष अवधिको लािग बीमा योजना खरिद गर्न सकिनेछ । बीमितले बीमा अवधिभित्र ३ पटक बिमाङ्क रकमको एक तिहाईका दरले रकम फिर्ता प्राप्त गर्नुका साथै बीमा अवधि पश्चात बोनस रकम र अवधि समाप्ति पश्चात २० वर्ष सम्म प्रत्येक वर्ष बीमाङ्कको पाँच प्रतिशतका दरले वार्षिक रुपमा भुक्तानी समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved