सानिमा लाइफले ऋणको बीमा गरिदिने, परिवारलाई ऋणको भार नपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 07:26:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाइफ इन्स्योरेन्सले “सानिमा कर्जा म्यादि बीमा योजना” सार्वजनिक गरेको छ । यस बीमा योजना अन्तर्गत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीको मृत्यु भएमा सानिमा लाइफले सो रकम वित्तीय संस्थालाइ तिरिदिइ परिवारका सदस्यहरुले ऋण चुक्ता गर्न नसकि घर जायजेथा नै नोक्सान हुने स्थीति बाट जोगाउछ । 

लघु वित्त कम्पनीबाट कर्जा लिएका ऋणीहरुको कर्जा सुरक्षण गरि ऋणीको असामयीक निधन पश्चात परिवारमा पर्ने ऋण भार कम गर्न तथा वित्त कम्पनीहरुको ऋण सुरक्षा गर्ने उदेश्यले कम्पनीले यो न्योजना ल्याएको जनाएको छ । 

 योजनाका विशेषताहरु : 

न्युनतम प्रवेश उमेर:  १६ बर्ष

अधिकतम प्रवेश उमेर: ६९ बर्ष

न्युनतम बीमाङ्क राम रु: पाँच हजार

अधिकतम बीमाङ्क रकम : दश लाख


भुक्तानी पाउने अवस्थाहरु

कालगति मृत्यु लाभ:      ऋण रकम बराबर

दुर्घटना मृत्यु लाभ:        ऋंंण रकमको २०% देखि २००% सम्म

दुर्घटना पूर्ण स्थाई अशक्तता:    ऋण रकमको २०% देखि २००% सम्म

काजक्रिया खर्च:      ऋण रकमको ५% देखि ३०% सम्म वा रु. ३०,००० जुन कम हुन्छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved