सिटिजन लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2019 | 07:19:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) मा आबद्द भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

सिटिजन लाइफ एनसीएचएलमा आबद्द भएसंगै इन्स्योरेन्स भुक्तानी, एजेन्ट कमिसन, तलब लगायत वीमा सम्बन्धि अन्य कारोबारहरु अनलाइन मार्फत सहज भएको छ। त्यस्तै सिटिजनका बिमितहरुले आफ्नो प्रिमियम समेत सिधै अनलाइन मार्फत भुक्तानी गर्न सक्नेछन। कम्पनीले एनसीएचएलसँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति गर्न मद्दत पुग्ने अपेक्षा गरेको छ ।   

सिटिजन लाइफ कान्तिपुर मिडिया ग्रुप, शिखर इन्स्योरेन्स, प्रतिष्ठित एविएशन उद्योगपतिहरु, सफल बैंकरहरु र विभिन्न उद्योगको प्रतिष्ठित प्रतिनिधिहरुद्वारा प्रबद्र्धित कम्पनी हो। एनसीएचएल नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved