लुम्बिनी जनरलमा बिमा गर्नेलाई ह्याम्स हस्पिटलमा नगदरहित उपचार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2019 | 04:25:10 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्स Lumbini General Insurance Limited र ह्याम्स हस्पिटल बीच उपचार सम्बन्धि सम्झौता भएको छ । इन्स्योरेन्स र हस्पिटल बीच आज नगदरहित उपचार सम्झौता भएको हो । सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत बि.के. श्रेष्ठ र हस्पिटलका तर्फबाट चिफ अपरेटिङ अफिसर श्रीमती सची रेग्मीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमाको सुबिधा लिने ग्राहकहरुले उक्त हस्पिटलमा उपचार गरेमा बीमालेखमा उल्लेख भए अनुसारको उपचार बापतको रकम इन्स्योरेन्सले सिधै हस्पिटललाई भुक्तानी गर्ने छ । यसबाट इन्स्योरेन्सका ग्राहकहरुले रकम अभावमा उपचारबाट बञ्चित हुनु नपर्नेुका साथै हस्पिटललाई रकम भुक्तानी गरिरहनु नपर्ने भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved