सिटिजन लाइफद्वारा बिमीतका परिबारलाई १ करोडको चेक हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2019 | 10:15:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्स कपिलवस्तु ४ वाणगंगा जीतपुर शाखाले बिमांक भुक्तानी गरेको छ । सवारी दुर्घटनामा ज्यान गुमाएका बिमीत स्व.सोमनाथ पौडेलकी धर्मपत्नी देवका खनाल पौडेललाई १ करोड ५० हजारको चेक हस्तान्तरण गरिएको हो  ।

बुटवल १३ बेलबास निवासी स्व.पौडेलले १५ वर्षे बिमा अन्र्तगत ५० लाखको बीमा गरी पहिलो किस्ता बुझाएका थिए। पौडेलकी १ छोरी रहेकी छन् । 

बीमा समितीका अध्यक्ष चिरन्जीवी चापागाई, सिटिजन लाइफ ईन्स्योरेन्सका कार्यकारी प्रमुख पोषराज पौडेल,वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद चौधरीले संयुक्त रुपमा पौडेलकी श्रीमती देवका खनाल पौडेललाई चेक हस्तान्तरण गरेका हुन्। 

कार्यक्रमका प्रमुख अतिथी चिरन्जीवी चापागाईले बिमितको जीवन नरहे पनि कम्पनीले परिवारका सदस्यलाई बिमाबापतको रकम हस्तान्तरण गरिएको बताए । उनले सानो सानो रकम बचत गरेर परेका बेला जोखिम समेत बहन गर्न सक्ने रहेकाले बिमा सम्बन्धि चेतना बढाउनुपर्नेमा जोड दिए।

३३ वर्षीय पौडेलको सवारी दुर्घटनामा परी यहि कार्तिक ५ गते निधन भएको थियो ।  कार्यक्रममा बीमा समितीका पदम साडोरी, सिटीजन लाईफका कवि फुयाल, सुनिल पोखरेल,नगरका वडाध्यक्ष,विभिन्न शाखाका शाखा प्रमुख,संचारकर्मी लगायतको सहभागिता थियो।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved