आईपिओ निष्काशन तयारीमा रहेका १० जीवन बीमा कम्पनीमध्ये कुन उत्कृष्ट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2019 | 01:11:53 PM मा प्रकाशित

laxmi  sunrise bank

जीवन बीमा कम्पनीमा कुन कम्पनी बलियो अथवा कसको वित्तिय अवस्था राम्रो छ भनेर थाहा पाउन उसको जीवन बीमा कोष हेर्नु पर्छ। प्राप्त कुल बीमाशुल्कको अनुपातमा जस्को जीवन बीमा कोष राम्रो छ  त्यसैलाई नै राम्रो मानिन्छ  र पोलिसी बोनस पनि राम्रो आउँछ । 

जीवन बीमा कम्पनीमा जीवन बीमा कोष कसरी बन्छ भन्ने महत्वपुर्ण हुन्छ । समान्यतया प्रत्येक त्रैमासिक, अर्धवार्षिक वा वार्षिक हिसाव गणना गर्दा प्राप्त कुल बीमा शुल्कमा सो अवधिको आम्दानीको ९० प्रतिशत जोडेर कुल आयमा पोलिसी सम्बन्धि सम्पुर्ण खर्च  जस्तै कमिशन, इन्सेन्टिभ, पूनर्वीमा र सम्बन्धित अन्य खर्च, मृत्यु दाबी भुक्तानी, अवधि भुक्तानी र व्यवस्थापन खर्चको ९० प्रतिशत खर्च घटाएर आउने बाँकी खुद  रकम जीवन बीमा कोषमा सारिन्छ। आम्दानीको १० प्रतिशत र व्यवस्थापन खर्चको १० प्रतिशत नाफा नोक्सान हिसाबमा सारिन्छ । 

यसरी जीबन बीमा कोषको निर्माणमा आम्दानी, खर्च र मृत्यु दाबी भुक्तानीको भूमिका बढी हुन्छ । जसको खर्च अत्याधिक छ वा जसको मूत्यु दावी भुक्तानी बढी छ त्यो कम्पनीको जीवन बीमा कोष कमजोर हुन्छ  ।  

जीवन बीमा कोषको अधारमा कुन उत्कृष्ट ? 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved