अजोड इन्स्योरेन्सले आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2019 | 09:33:53 AM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सले आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीको शुक्रबार सम्पन्न साधारणसभाले आईपिओ निष्काशन प्रस्ताव पारित गरेको हो  । 


त्यस्तै साधारणसभाले आर्थिक बर्ष ७५/७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा

नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण पारित गरेको छ ।  त्यस्तै सभाले  कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको दफा तथा नियम संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ  ।

कम्पनीले ७ प्रादेशिक कार्यालय, १६ शाखा कार्यालय र १५ उपशाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ  । कम्पनीले चालु आर्थिक बर्षमा हालसम्म ४८०७१ बीमालेख जारी गरी ३५.९२ करोड बीमा शुल्क आर्जन गरेको जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved