महालक्ष्मी लाइफको सामुहिक म्यादी बीमा योजना, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2020 | 02:18:02 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाइफ इन्स्योरेन्सले सामुहिक म्यादी जीवन बीमा योजना ल्याएको छ । इन्स्योरेन्सले आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा उक्त बीमा योजना सार्वजनिक गरेको हो। 

नयाँ बीमा योजनामा एउटै बीमालेखबाट संगठित संस्थाको कर्मचारी, ऋणी, लगानीकर्ता, निक्षेपकर्ता वा सदस्यहरुको म्यादी बीमा गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस बीमा योजनामा समूहका सदस्यहरु बीमा अवधि भित्र थप घट गर्न सकिने सुविधा समेत रहेको छ । 

साथै, यस बीमालेखमा ऐच्छिक सुविधाअन्तर्गत कुनै कारणवस समूहका सदस्यको (बीमित) दुर्घटनाबाट मृत्यु भएमा थप बीमाङ्क बराबर रकम प्रदान गरिने कम्पनीले जनाएको छ । योजना अन्तर्गत बीमा अवधि भित्र बीमितको मृत्यु भएमा क्रिया खर्च बराबर बीमाङ्कको १५ प्रतिशत  वा  ५० हजार रुपैयाँ मध्ये जुन कम हुन्छ सो रकम थप प्रदान गरिने छ । 

साथै, बीमा अवधि भित्र समूहका सदस्य (बीमित) को दुर्घटनाबाट अङ्गभङ्ग भए अङ्गभङ्ग वापतको बीमाङ्कको  अनुपातिक रकम क्षतिपूर्ती प्रदान गरिने र पूर्ण अपाङ्ग र अशक्त भएमा बीमाङ्क बराबर रकम प्रदान गरिने सुविधा रहेको छ । न्यून बीमाशुल्कमा बीमा गर्न सकिने यस बीमा योजनाले संगठित संस्था, प्रतिष्ठान, संघ, संगठनमा सम्बद्ध व्यक्तिहरुको जीवनमा आइपर्ने मृत्यु तथा अङ्गभङ्गबाट पर्न सक्ने वित्तीय जोखिमलाई न्यूनिकरण गर्ने विश्वास कम्पनीले लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved