जीवन बीमा कम्पनीले संकलन गरे ४६ अर्ब बीमा शुल्क, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2020 | 01:50:48 PM मा प्रकाशित

laxmi  sunrise bank

जीवन बीमा कम्पनीले ४६ अर्ब बीमा शुल्क संकलन गरेका छन् ।  बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुले ४६ अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । त्यस्तै, चालु आवको पुष मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ६८ लाख ४३ हजार ७०९ वटा बीमालेख जारी गर्न सफल भएका छन् । 

समितिको तथ्याङ्क अनुसार नविकरण बीमा शुल्क ३० अर्ब ९९ करोड, वैदेशिक रोजगारी बीमाशुल्क १ अर्ब २२ करोड र प्रथम बीमा शुल्क १५ अर्ब २९ करोड गरी कुल ४६ अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । बीमा समितिको तथ्याङ्क अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको देखिन्छ । पुस मसान्तसम्ममा कम्पनीले १३ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ  । कम्पनीले प्रथम बीमा शुल्क चार अर्ब एक करोड, नविकरण बीमा शुल्क ९ अर्ब ९५ करोड गरी जम्मा १३ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । त्यस्तै, चालु आवको पुष मसान्तसम्ममा कम्पनीमा १२ लाख ६६ हजार २५५ बीमालेख जारी भएका छन् । 

लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआइसी नेपालले पुष मसान्तसम्मा ७ अर्ब ६९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीमा सात लाख ५१ हजार ५०३ वटा बीमालेख जारी भएका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले चालु आवको पुष मसान्तसम्ममा ५ अर्ब ३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । भने यस अवधिमा कम्पनीमा ६८ लाख ९० हजार ७२ वटा बीमालेख जारी भएका छन् । 

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले तीन अर्ब ९५ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले प्रथम बीमा शुल्क एक अर्ब, नविकरण बीमा शुल्क दुई अर्ब ७१ करोड र वैदेशिक बीमा शुल्क २४ करोड गरी सो बराबरको बीमा शुल्क आर्जन गर्न सफल भएको हो । मेट लाइफ इन्स्योरेन्सले प्रथम बीमा शुल्क ९२ करोड, नविकरण बीमा शुल्क एक अर्ब ९२ करोड गरी एक अर्ब ७७ करोड बीमा शुल्क आर्जन गरेको छ । 

एशियन लाइफ इन्स्योरेन्सले दुई अर्ब २६ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ । इन्स्योरेन्सले प्रथम बीम शुल्क ८६ करोड, नविकरण बीमा शुल्क एक अर्ब ४० करोड गरी कुल दुई अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । सूर्या लाइफ इन्स्योरेन्सले एक अर्ब ५८ करोड बीमा शुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले प्रथम बीमा शुल्क, नविकरण बीमा शुल्क ६९ करोड गरी जम्मा एक अर्ब ५८ करोड रुपैयाँ बीमा शुल्क आर्जनन गरेको हो । 

त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्सले ९४ करोड बीमा शुल्क आर्जन गरेको छ । गुराँसले प्रथम बीमा शुल्क २६ करोड, नविकरण बीमा शुल्क ६८ करोड गरी कुल ९४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ । प्राइम लाइफ इन्स्योरेन्सले एक अर्ब ४१ करोड बीमा शुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले प्रथम बीमा शुल्क ४८ करोड, नविकरण बीमा शुल्क ९३ करोड गरी कुल एक अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

आइएमई लाइफले प्रथम बीमा शुल्क ४० करोड, नविकरण बीमा शुल्क १८ करोड गरी जम्मा ५८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै,  । यूनियन लाइफ इन्स्योरेन्सले प्रथम बीमा शुल्क एक अर्ब ४२ करोड, नविकरण बीमा शुल्क ७७ करोड गरी कुल एक अर्ब ४२ करोड बीमा शुल्क आर्जन गरेको छ । ज्योति लाइफले प्रथम बीमा शुल्क ५१ करोड, नविकरण बीमा शुल्क २३ करोड गरी कुल ७४ करोड बीमा शुल्क आर्जन गरेको छ । 

सन नेपाल लाइफ इन्स्योरेन्सले प्रथम बीमा शुल्क ३४ करोड, नविकरण बीमा शुल्क २२ करोड गरी जम्मा ५६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । रिलायन्स लाइफले प्रथम बीमा शुल्क २९ करोड, नविकरण बीमा शुल्क १४ करोड गरी कुल ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले प्रथम बीमा शुल्क ६० करोड, नविकरण बीमा शुल्क १८ करोड गरी कुल एक अर्ब ८ करोड बीमा शुल्क आर्जन गरेको छ ।  सिटिजन लाइफले प्रथम बीमा शुल्क ५१ करोड, नविकरण बीमा शुल्क २० करोड गरी कुल  ७१ करोड बीमा शुल्क आर्जन गरेको छ । 

त्यस्तै, सानिमा लाइफले ४० करोड, प्रभु लाइफले ३० करोड र महालक्ष्मी लाइफले २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।  समितिको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुको एकिकृत पूँजी कोषमा ३२ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved