बीमा कम्पनीहरुको शाखा २५ सय नाघ्यो, १० हजार जनशक्ति परिचालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2020 | 10:38:36 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा कम्पनीहरुको शाखा दुई हजार भन्दा माथि पुगेको छ ।  बीमा समितिको तथ्याङ्क अनुसार पुष मसान्तसम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको शाखा संख्या दुई हजार ६८४ पुगेको हो । समितिको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीको शाखा संख्या १८ सय  ७ रहेको  छ । यो अवधिसम्ममा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको शाखा संख्या १५१ पुगेको छ । 

नेशनल लाइफ इन्स्योरेन्सको १००, नेपाल लाइफ इन्स्योरेन्सको १९६, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ७४, मेट लाइफ इन्स्योरेन्सको ३० शाखा पुगेका छन् । त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको शाखा संख्या १३० पुगेको छ । समितिको तथ्याङ्क अनुसार सूर्या लाइफ इन्स्योरेन्सको ९२, गुराँस लाइफ इन्स्योरेन्सको ७६, प्राइम लाइफ इन्स्योरेन्सको १२७, आइएमई लाइफको १०३ शाखा पुगेका छन् । त्यस्तै, यूनियन लाइफको १७८, ज्योति लाइफको ११६, सन नेपाल लाइफको ७७, रिलायन्स लाइफको ८८, रिलायवल नेपाल लाइफको ८२, सिटिजन लाइफको ११२, सानिमा लाइफको ८३, प्रभु लाइफको ७५ र महालक्ष्मी लाइफको ५५ रहेको छ  । 

निर्जीवन बीमा कम्पनीको शाखा संख्या ८७७  पुगेको छ । नेपाल इन्स्योरेन्सको ४८, दि ओरियन्टलको १४, नेशनल इन्स्योरेन्सको १२, हिमालयन जनरल इन्स्योरेन्सको २८ शाखा सञ्चालनमा रहेका छन् । यूनाइटेड इन्स्योरेन्सको ३०, प्रिमियर इन्स्योरेन्सको ३६, एभेरेष्ट इन्स्योरेन्सको ३१, नेको इन्स्योरेन्सको ५६, सगरमाथा इन्स्योरेन्सको ८०, प्रभु इन्स्योरेन्सको शाखा ४४ पुगेको समितिको तथ्याङ्क छ । त्यस्तै, आइएमई जनरलको ४८, प्रुडेन्सियल इन्स्योरेन्सको ३७, शिखर इन्स्योरेन्सको ९५, लुम्बिनी जनरल इन्स्योरेन्सको ४५, एनएलजी इन्स्योरेन्सको ९६, सिद्धार्थ इन्स्योरेन्सको ७९, जनरल इन्स्योरेन्सको ५०, अजोड इन्स्योरेन्सको ३० र  सानिमा जनरल इन्स्योरेन्सको शाखा संख्या १८ रहेको छ ।

१० हजार ११२ जना कर्मचारी कार्यरत  

बीमा कम्पनीका २ हजार ६८४ शाखा कार्यलयहरुमा १० हजार भन्दा बढी कर्मचारी कार्यरत रहेको तथ्याङ्क समितिको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा बीमा कम्पनीहरुमा १० हजार ११२ जना कर्मचारी कार्यरत  छन् । समितिको तथ्याङ्क अनुसार ३८ बीमा कम्पनीमा सो संख्यामा कर्मचारी कार्यरत  रहेका हुन्  । १९ जीवन बीमा कम्पनीमा ५ हजार ४३१ जना कर्माचरी कार्यरत छन् । त्यस्तै, १९ निर्जीवन बीमा कम्पनीमा ४ हजार ८७८ जना कर्मचारी कार्यरत छन् ।  

समितिले उपलब्ध गराएको तथ्याङ्कमा राष्ट्रिय बीमा कम्पनीको शाखा संख्या र कर्मचारी संख्या उल्लेख छैन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved