३५ करोड बीमा शुल्क उठाएको यूनाइटेड इन्स्योरेन्सको नाफा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2020 | 10:12:56 AM मा प्रकाशित

laxmi  sunrise bank

यूनाइटेड इन्स्योरेन्स United Insurance Company (Nepal) Limited  ले  ३५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीले ३५ करोड ६८ लाख ४६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको हो । गत आवको सोही अवधिमा कम्पनीले २३ करोड २४ लाख ४६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो ।

 दोस्रो त्रैमासको अवधिमा कम्पनीले दुई करोड दुई लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले एक करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो  । 

यस अवधिसम्ममा कम्पनीमा  ५० हजार ९०० बीमालेख जारी भएका छन् भने कम्पनीले १० करोड ११ लाख २२ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कम्पनीले एक हजार २८ वटा दावी वापत सो रकमको भुक्तानी गरेको हो । त्यस्तै, २ हजार ७० वटा दावी वापत ३८ करोड २९ लाख २३ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ । 

चुक्ता पूँजी एक अर्ब २ करोड ८० लाख ७० हजार रुपैयाँ रहेको युनाइटेड इन्स्योरेन्सको जगेडा कोषमा १० करोड ३२ लाख रुपैयाँ ९२ हजार रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोषमा ३३ करोड ६२ लाख रुपैयाँ रहेको छ भने कम्पनीको महाविपत्ती जगेडा कोषमा ६९ लाख १४ हजार रुपैयाँ सञ्चित रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved