निर्जीवन बीमा कम्पनीमा भुक्तानी हुन बाँकी रकम ११ अर्ब बढी, कुनको कति ?

विजया बास्कोटा

विजया बास्कोटा

Feb 14, 2020 | 03:32:14 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्जीवन बीमा कम्पनीहरुमा भुक्तानी हुन बाँकी दावी रकम ११ अर्ब भन्दा बढी रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका १७ वटा निर्जीवन बीमा कम्पनीमा भुक्तानी हुन बाँकी दावी रकम ११ अर्ब ७५ करोड तीन लाख ४ हजार रुपैयाँ देखिएको हो । 

नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनी मध्ये नेशनल इन्स्योरेन्स र दि ओरियन्टल इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छैनन्  । त्यस्तै, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले आफ्नो वित्तीय विवरणमा भुक्तानी हुन बाँकी दावी रकम उल्लेख गरेको छैन् । 

प्रिमियर इन्स्योरेन्सको सबैभन्दा बढी

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस अवधिमा सबैभन्दा बढी भुक्तानी हुन बाँकी दावी रकम प्रिमियर इन्स्योरेन्सको रहेको छ । यस अवधिमा कम्पनीले एक अर्ब ६२ करोड ६९ लाख रुपैयाँ दावी भुक्तानी गरेको छैन् । ४ हजार १५० दावी वापत सो रकम भुक्तानी गर्न बाँकी रहेको हो । 

त्यस्तै, हिमालय जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स धेरै दावी भुक्तानी गर्न बाँकी रहेका कम्पनीको सूचिमा पर्दछन् । एभरेष्ट इन्स्योरेन्सले यस अवधिमा एब अर्ब १४ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्सले भुक्तानी हुन बाँकी दावी रकम एक अर्ब ३४ करोड ८७ लाख रुपैयाँ रहेको छ । 

समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार पौष मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुका शाखा ८७७ रहेका छन् ।  ८७७ शाखा कार्यालयमा चार हजार ८७८ कर्मचारी कार्यरत रहेका छन् । 

निर्जीवन बीमा कम्पनीले दावी भुक्तानीको निमित्त बीमितको निवेदन प्राप्त भएमा बीमकले आवश्यक जाँचबुझ गर्न सर्भेयर खटाउने प्रावधान रहेको छ । सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिनभित्र बीमकको दायित्वको निर्धारण गरी त्यसको विस्तृत विवरण समेतको प्रतिवेदन बीमकसमक्ष पेश गर्ने गर्दछन् । सर्भेयरले बीमक समक्ष प्रतिवेदन पेश गरेको साधारणतया ३५ दिनभित्र बीमकले दायित्व ठहर गरी बीमितिलाई निर्जीवन बीमाको दाबी भुक्तानी गर्नुपर्ने प्रावधान रेहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved