पुराना ४ बीमा कम्पनीमध्ये सबैभन्दा उत्कृष्ट कुन ?

विजया बास्कोटा

विजया बास्कोटा

Feb 19, 2020 | 10:49:58 AM मा प्रकाशित

laxmi  sunrise bank

संचालनमा रहेका ४ वटा पुराना बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २८ अर्ब बढी बीमा शुल्क संकलन गरेका छन् । संचालन अनुमति पाएको हिसाबमा पुराना बीमा कम्पनीको रुपमा रहेका नेपाल लाइफ, मेट लाइफ, एलआइसी नेपाल र नेशनल लाइफले कुल  २८ अर्ब ४ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै यस अवधिमा यी कम्पनीले कुल ७९ करोड ११ लाख १२ हजार खुद नाफा कमाएका छन् । 

हेरौँ यी बीमा कम्पनीहरुको दोस्रो त्रैमास कस्तो ?

चुक्ता पूँजीको आधारमा

 ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ पुँजी भएको नेपाल लाइफ चुक्ता पुँजीको आधारमा सबै भन्दा अगाडी छ ।  गत आवको  सोही अवधिको तुुलना कम्पनीले चुक्ता पूँजी २५ प्रतिशतले बढाएको छ । गत आवको सोही अवधिमा कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।

एलआइसी नेपालको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ । मेट लाइफले आफ्नो वित्तीय विवरणमा चुक्ता पूँजी उल्लेख गरेको छैन्  । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ८ करोड २६ लाख रुपैयाँ रहेको छ । 

जीवन बीमा कोष

जीवन बीमा कोषका आधारमा पनि नेपाल लाइफ इन्स्योरेन्स नै अगाडि रहेको छ । इन्स्योरेन्सको जीवन बीमा कोषमा ७७ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । एलआइसी नेपालको ६१ अर्ब, नेशनल लाइफको ३० अर्ब र मेट लाइफको १७ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । 

जगेडा कोषको आधारमा 

जगेडा कोषको आधारमा पनि नेपाल लाइफ इन्स्योरेन्स नै अगाडि रहेको छ । यस अवधिमा कम्पनीको जगेडा कोष दुई अर्ब ६१ करोड ५५ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको जगेडा कोष दुई अर्ब ६४ करोड रुपैयाँ रहेको थियो । 

नेपाल लाइफ, एलआइसी र नेशनल लाइफको जगेडा कोष घटेको छ । तर यस अवधिमा मेट लाइफको जगेडा कोष ३५ दशमलव ०६ प्रतिशतले बढेर एक अर्ब ६३ करोड ९७ लाख रुपैयाँ पुगेको छ । 

कुल बीमा शुल्क आर्जन

कुल बीमा शुल्क संकलनका आधारमा पनि नेपाल लाइफ नै अगाडि रहेको छ । गत आवको सोही अवधिको तुलनामा इन्स्योरेन्सले कुल बीमा शुल्क संकलन ३२ दशमलव ७१ प्रतिशतले बढाएर १४ अर्ब ७२ करोड रुपैयाँ पुर्याएको छ।   गत आवको सोही अवधिमा कम्पनीले १० अर्ब ६० करोड ३७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । 

त्यस्तै, नेपाल लाइफ पछि धेरै बीमा शुल्क संकलन गरेको एलआइसीले यस अवधिमा ७ अर्ब ६९ करोड ७७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले कुल बीमा शुल्क संकलन ३२ दशमलव ४६ प्रतिशतले बढाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ५ अर्ब ८१ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो  । 

मेट लाइफ र नेशनल लाइफले पनि बीमा शुल्क संकलन बढाएका छन् । मेट लाइफले  गत आवको सोही अवधिको तुलनामा २१ दशमलव ३५ प्रतिशतले बढाई दुई अर्ब ३४ करोड ८३ लाख रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा कम्पनीले एक अर्ब ९३ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको बीमा शुल्क संकलन रकम २७ दशमलव ५० प्रतिशतले बढेको छ । कम्पनीले ३ अर्ब ८ करोड ३० लाख बाट बढाई ३ अर्ब ९३ करोड ९ लाख रुपैयाँ पुर्याएको छ । 

खुद नाफा   

बीमाङ्कीय मूल्याङ्कन अघिको खुद नाफाका आधारमा पनि नेपाल लाइफ इन्स्योरेन्स नै अघि देखिन्छ । यस अवधिमा कम्पनीको खुद नाफा ३५ करोड ९ लाख रुपैयाँ रहेको छ । त्यस्तै मेट लाइफले १२ करोड ७४ लाख, एलआइसी नेपालले ७ करोड ६८ लाख र नेशनल लाइफले २३ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बीमाङ्कीय मूल्याङ्कन पछि कम्पनीको यो नाफामा फेरबदल आउन सक्ने छ । 

दावी भुक्तानी

नेपाल लाइफले यस अवधिमा ३ अर्ब १९ करोड ६९ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । कम्पनीले २१ हजार ३४७ दावी वापत सो रकम भुक्तानी गरेको हो । एलआइसी नेपालले एक अर्ब ८४ करोड ८५ लाख, मेट लाइफले एक अर्ब ३९ करोड ८६ लाख र नेशनल लाइफले  एक अर्ब ३२ करोड ५७ लाख रुपैयाँ दावी भुक्तानी गरेका छन् । 

शाखा संख्या 

पौष मसान्त सम्मको तथ्याङ्क अनुसार नेपाल लाइफको शाखा संख्या १९६ रहेको छ । त्यस्तै, एलआइसी नेपालको ७४, मेट लाइफको ३० र नेशनल लाइफको १०० शाखा सञ्चालनमा रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved