जीवन बीमा कम्पनीहरुले एक महिना मै ८ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । १९ जीवन बीमा कम्पनीले माघ महिनामा मात्र ८ अर्ब ४९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन्।
माघमा जीवन बीमा कम्पनीहरुले प्रथम बीमा शुल्क वापत दुई अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । नविकरण बीमा शुल्क वापत कम्पनीहरुले ५ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै, वैदेशिक राजगारी बीमा शुल्क वापत कम्पनीहरुले १९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
माघमा कम्पनीहरुले ४७ लाख भन्दा बढी बीमालेख जारी गर्न सफल भएका छन् । ४३ लाख ५ हजार ८७१ जीवन बीमालेख र ४ हजार १२८ वैदेशिक रोजगारी बीमालेख गरी कुल ४७ लाख ५ हजार ९९९ बीमालेख जारी गरेका हुन्। तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुमा माघ महिनामा ३७ जना नयाँ कर्मचारी थपिएका छन् भने १९ नयाँ शाखा कार्यालय थपिएका छन्।