महालक्ष्मी लाइफका मेनेजरहरुलाई रिफ्रेसमेन्ट तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 03:13:38 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्यूरेन्सले एजेन्सी मेनेजरलाई २ दिने रिफ्रेसमेन्ट तालिम  आयोजना गरेको छ । इलामको पर्यटकिय नगरी श्रीअन्तुमा भएको तालिममा  झापा र इलामका ३० एजेन्सी मेनेजरहरुको सहभागितामा रहेको कम्पनीले जनाएको छ ।

तालिममा कम्पनीले बजारमा ल्याएका नयाँ योजना र पुराना योजनाहरुले बिमितलाई पारेको प्रभावका बिषयमा चर्चा गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका उप–मुख्य कार्यकारी अधिकारी रामेश्वर श्रेष्ठ, ब्यापार शाखाका प्रमुख प्रशान्त धमला र प्रदेश नम्वर एकका प्रमुख पवन नेपालले तालिमको सहजीकरण गरेका थिए । 

तालिममा कम्पनीले पुस मसान्तसम्ममा सबैभन्दा वढि ब्यापार गर्न सफल एजेन्सी मेनेजर ज्ञानु कुँवरलाई उत्कृष्ठ एजेन्सी मेनेजरका रुपमा मायाचिनो प्रदान गरेको जनाएको छ। साथै इलाम सहित झापाको बिर्तामोड, दमक, चन्द्रगडी शाखामा रहेर काम गर्ने उत्कृष्ठ एजेन्सी मेनेजरहरुलाई समेत कम्पनीको लोगो अंकित मायाको चिनो प्रदान गरेको कम्पनीले जनाएको छ। 

कम्पनीले १९ वटा जिवन बिमा कम्पनी मध्ये सबैभन्दा पछि कारोबार सुरु गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved