सानिमा जनरलको ३० करोडको आईपिओ आउने, एनआईसी एसिया बिक्रि प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2020 | 12:50:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा जनरल इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरकोको आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको लागि  एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धका नियुक्त गरेको छ । 

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३० लाख कित्ता शेयर जारी गर्ने जनाएको छ । प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको साधारण शेयर सर्वसाधारणमा (कर्मचारीहरु तथा ५ प्रतिशत म्युच्युअल फण्ड समेत) सार्वजनिक निष्काशन हुने छ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । सर्वसाधारण शेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता  पूँजी एक अर्ब रुपैयाँ पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved