८६० रुपैयाँ मै बीमा, ५ लाखसम्मको सुरक्षा

विजया बास्कोटा

विजया बास्कोटा

Feb 28, 2020 | 09:58:06 AM मा प्रकाशित

laxmi  sunrise bank

हजार रुपैयाँ भन्दा कम रकममा पनि बीमा गर्न सकिन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर यो वास्तविकता हो । निर्जीवन बीमा कम्पनी आइएमई जनरल इन्स्योरेन्सले ८६० रुपैयाँ मै  विधार्थी लक्षित बीमा योजना बिक्रि गर्दै आएको छ । 

आइएमई जनरल यस्तो बीमालेख जारी गर्ने पहिलो कम्पनी हो । आइएमई जनरल इन्स्योरेन्सले ल्याएको आइजीआई विधार्थी बीमालेख अन्तर्गत विद्यार्थीले  ८६० रुपैयाँ मै बीमा गर्न सक्छन् । यस पोलिसीले बीमा गरिएका विधार्थीको सुरक्षाको साथ साथै सम्बन्धित बीमितको आमा बुबाको समेत सुरक्षा प्रदान गर्ने जनाएको छ । कक्षा १ देखि कक्षा १२ सम्म अध्ययन गर्ने विधार्थीहरुले यो पोलिसी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

के छन् सुविधा ? 

यस पोलिसी अनुसार बीमा गरिएका विधार्थीको दुर्घटनाको कारणबाट मृत्यु भएमा १ लाख रुपैयाँ तथा विधार्थीको आमा वा बुबामध्ये कुनै एक जनाको हकमा बीमा अवधिभर ५ लाख रुपैयाँ बराबरको बीमाङ्क रकम कायम गरिएको छ । विद्यार्थी स्थायी पूर्ण अशक्तता भएमा, बीमित विधार्थीको हकमा बीमाकं रकमको ३०० प्रतिशत (३) लाख रुपैयाँ तथा विधार्थीको आमा बुबाको हकमा बीमाकं रकमको शतप्रतिशत (५ लाख) सम्मको जोखिम बहन हुने छ । 

पोलिसीले अगंभग भएमा बीमित विधार्थीको हकमा बीमाकं रकमको शतप्रतिशत (१ लाख) सम्म तथा आमा बुबाको हकमा बीमाकं रकमको ५० प्रतिशत (२ लाख ५० हजार) सम्म जोखिम बहन गर्छ । साथै अस्थायी पूर्ण अशक्तता भएमा बीमित विधार्थीको हकमा विधालयको मासिक शैक्षिक शुल्क वापत प्रति महिना अधिकतम (१० हजार) रुपैयाँ मा नबढ्ने गरी २ महिना सम्मको शुल्क भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

औषधोपचार खर्च 

दुर्घटनाको कारणले औषधोपचार गर्नु परेमा बीमित विधार्थीको हकमा बीमाकं रकमको २५ प्रतिशत (२५ हजार) रुपैयाँ सम्मको औषधोपचार सुविधा विद्यार्थीले पाउने छन् । बीमित विधार्थीको हकमा बिरामि भई अस्पतालमा भर्ना हुनु परेको अवश्थामा बीमाकं रकम ५० हजार रुपैयाँसम्म पाउने छन् । साथै यसमा अस्पतालको शैया शुल्क प्रतिदिन अधिकतम २ हजार रुपैयाँ सम्म हुनेछ । 

राष्ट्रिय बीमा कम्पनीको विधार्थी सुरक्षा बीमालेख 

राष्ट्रिय बीमा कम्पनीले पनि गत साउनदेखि विधार्थीलाई लक्षित विधार्थी सुरक्षा नामक बीमालेख बिक्रि गर्दै आएको छ । यस अनुसार विद्यालय र कम्पनीको सहकार्यमा सयुक्त रुपमा विधार्थीहरुको बीमा गरिने कम्पनीले जनाएको छ  । यस बीमालेख बिक्रिका लागि कम्पनीले हालसम्म ३ वटा विद्यालयसंग  सहकार्य गरेको  छ । यस अन्तर्गत बीमितले न्यूनतम १ लाख रुपैयाँ प्रिमियम तिरी बीमा गर्न सक्ने छन् । योजना अन्तर्गत बीमितको दुर्घटनाबाट चोट पटक लागेको अवस्थामा बीमितले अन्य कुनै पनि बीमाबाट निजको औषधोपचार खर्च वापत कम्पनीले एक लाख रुपैयाँ भुक्तानी गर्ने छ । 

यद्यपि जानी जानी आफैले गराएको चोट, मादक पदार्थ वा लागु औषधिको प्रभावको कारणबाट, आत्महत्या वा आत्महत्याको प्रयास, पागलपन, प्रचलित कानुन बमोजिम अनुमति प्राप्त हवाई जहाजमा यात्रीको रुपमा यात्रा गरेकोमा बाहेक अन्य उडानको हकमा यो लागु नहुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कावा खाने खेल व्हील रेश, घोड दौड, बन्जी, हाइकिङ्क, प्याराग्लाईडिङ वा मोटरसाइकल दौड, पर्वतारोहण, निसानावाजि, कुनै कानुन भंग गरेको परिमाणबाट, दुर्घटनाबाट नभई उद्वेग वा स्नायु सम्बन्धी चोट, मानव जीवन रक्षा गर्ने प्रयास गर्दा बाहेक नचाहिदो खतरा मोल्ने कार्य आदि गरेमा पनि यो लागु हुने छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved