'कोरोनाको जोखिम लिन्न भनेर बीमा कम्पनी पछि हट्न पाउदैनन्' : मन्त्री खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 04:31:43 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबारको अर्थ समिति बैठकमा विश्वभर फैलिएको कोरोना भाइरसबारे चर्चा भएको छ  ।  बीमा सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकमाथि भएको दफावार छलफलको क्रममा सांसद पदम गिरीले कोरोनाको विषय उठाएका हुन् । 

सांसद पदम गिरीले वैदेशिक पूनर्बीमा कम्पनीले कोरोनाको दावी भुक्तानी नदिएको स्थितिमा नेपालका बीमा कम्पनीहरुले के गर्छन् भन्ने प्रश्न गरेका थिए । विश्व भरि फैलिएको कोरोनाको विषयलाई उठान गर्दै सांसद गिरीले ‘वैदेशिक पूनर्बीमा कम्पनीहरुले कोरोनाको दावी आयो भने हामी भुक्तानी गर्न सक्दैनौँ भन्ने समाचार सुन्नमा पाईन्छ । यस्तो स्थितिमा हाम्रो देशमा भएका बीमा कम्पनीहरुले के गर्छन् ? ’ 

गिरीको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले बीमा जोखिम व्यवस्थापन गर्न बनाइएको प्रणाली भएकोले बीमा कम्पनीहरुले सबै खालको जोखिमको बहन गर्नु पर्ने बताए । उनले भने ‘महामारी, विपतहरुको बीमा हुँदैन भनिन्छ । स्वभाविक रुपमा गर्न सकिने बीमामा पनि जोखिम छ कि भनी अनुमान गरिएको भरमा नगरिएको स्थिति छ । संक्रमित छ की भन्ने अनुमाको भरमा बीमा नगर्ने हैन् । संक्रमित भई सकेको अवस्थामा त्यसको जिम्मा राज्यले लेला कुनै न कुनै रुपमा । राज्य भन्दा पूर्व अवस्थामा नै अनुमानको भरमा जोखिम छ, त्यस कारण हामी जादैनौँ भन्ने हो भने बीमा भनेकै त्यहि जोखिम व्यवस्थापन गर्न बनाईएको प्रणाली हो । अनि बीमा कम्पनीहरु नै पछि हट्ने हो भने सहजको बीमा व्यवसाय मात्रै हुन्छ । '  मन्त्री खतिवडाले बीमा कम्पनीहरुले सबै खालको जोखिम बहन गर्नु पर्ने बताएका छन् । 

अर्थमन्त्री खतिवडाले बीमा समितलाई यस विषयमा छलफल गर्न निर्देशन समेत दिएका छन् । समिति र बीमा कम्पनीहरु छलफलमा बसी समितिले बीमा कम्पनीहरुलाई स्पष्ट निर्देशन दिनु पर्ने मन्त्री खतिवडाले बताएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved