'प्रिमियम तिर्न नसक्नेहरुको लागि लघुबीमा ल्याईएको हो': अर्थमन्त्री खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 10:33:05 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले लघु बीमा कमजोर वर्गका लागि लक्षित रहेको बताएका छन् । लघु बीमाको अवधारणालाई ब्याख्या गर्दै अर्थमन्त्रीले नेपालीहरुमा बीमाको प्रीमियम तिर्ने हैसियत नभएको र तीनै वर्गका लागि लघु बीमा लक्षित रहेको बताएका हुन् । संसद्को अर्थ समितिमा लामो समयदेखि रोकिएर बसेको बीमा सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक माथिको दफावार छलफलको क्रममा मन्त्री खतिवडाले यस्तो बताएका हुन् । 

प्रस्तावित विधयेकको परिच्छेद ८ को दफा ७७ मा लघु बीमा गर्नु पर्ने उल्लेख छ । यहि दफा माथिको छलफलपछि सांसदहरुको  जिज्ञासालाई सम्बोधन गर्दै अर्थमन्त्रीले यसको अवधारणाका बारेमा प्रष्ट पारेका हुन्। मन्त्री खतिवडाले नेपालीहरुमा बीमाको पहुँच नै नपुगेको बताए । ‘ नेपालीहरुमा बीमाको पहुँच नै पुगेको छैन् । पहुँच पुगे पनि नेपालीहरुमा बीमाको प्रीमियम तिर्न सक्ने हैसियत नै छैन् ।’ उनले भने ।

अर्थमन्त्री खतिवडाले सबैभन्दा जोखिममा रहने वर्ग सबैभन्दा कमजोर वर्ग रहेको बताए । सबैभन्दा जोखिममा रहने वर्ग नै सबैभन्दा कमजोर वर्ग रहेकोले बीमा गर्न नसक्ने त्यस्ता वर्गलाई लक्षित गरेर लघु बीमाको अवधारणा ल्याएको उनले बताए  । 

जोखिम बहन गर्न सक्ने क्षमता नभएर नयाँ व्यवसायमा जान नसक्ने वर्गलाई लघु बीमा लक्षित रहेको बताउँदै अर्थमन्त्रीले भने ‘यसमा रकम पनि तोकिन्छ । प्रीमियममा दिने अनुदानको प्रतिशत पनि तोकिन्छ । लघु बीमा जोखिम बहन गर्न सक्ने क्षमता नभएर नयाँ व्यवसायमा जान नसक्ने, नयाँ प्रकारले कृषि गर्न नसक्ने, नयाँ प्रकारले उधम गर्न नसक्नेहरुलाई लक्षित लघु बीमा । तीनै वर्गलाई हामी बीमा गरि दिन्छौँ ।'

तपाई व्यवसायमा आउनुहोस्, आट गर्नु होस् । तपाईको प्रीमियम सरकारले अनुदान दिन्छ । अलिकति तपाई तिर्नुस् । बाँकी सरकारले तिर्दिन्छ ।’ उनले भने । 

लघु बीमाको माध्यमबाट साना व्यवसायीलाई फस्टाउन खोजिएको उनको भनाई छ । बीमा कम्पनीहरुले बीमा कारोबार जति गर्छन् । त्यसको ५ प्रतिशत रकम लघुबीमा गर्नै पर्ने व्वयस्था गरिएको उनले बताए । नेपालमा सञ्चालित बीमा कम्पनीहरुले आफ्नो व्यवसायको ५ प्रतिशत लघु बीमा छुट्याउने व्यवस्था रहेको छ । पछि यो व्यवस्थालाई हेरफर गर्न सकिने उनको भनाई छ । 

लघु बीमा नियमन शुल्क प्राधिकरणलाई तोक्न नदिने विषयमा पनि छलफल भए पनि समितिले निष्कर्ष भने निकालेन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved