जीवन बीमा कम्पनीहरुले न्यूनतम कर्मचारीमार्फत सेवा जारी राख्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 03:31:48 PM मा प्रकाशित

laxmi  sunrise bank

जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुले निरन्तर सेवा दिने भएका छन् । हिजो बसेको जीवन बीमक संघको बैठकले कर्मचारी, अभिकर्ता तथा सेवाग्रहीको स्वास्थ्यमा नकारात्मक असर नपरोस भन्ने उद्देश्यले न्यूनतम कर्मचारीबाट निरन्तर बीमा सेवा उपलब्ध गराउनका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो । 

संघले जीवन बीमा कम्पनीहरुले बीमा सेवा सुचारु गर्दा कोरोना भाइरसबाट कर्मचारी, अभिकर्ता तथा सेवाग्रहीहरुलाई पर्न सक्ने असरलाई नियन्त्रण गर्न स्वास्थ्य सम्बन्धि आधारभुत सुरक्षाका उपयुक्त उपायहरु अवलम्वन गर्ने निर्णय समेत गरेको छ । 

साथै, संघले बिधमान परिस्थितिलाई मध्यनजर गर्दै बीमा अभिकर्ताको ईजाजतपत्र नविकरण गर्ने म्याद थप गर्न बीमा समितिमा अनुरोध गर्ने निर्णय समेत गरेको छ । अध्यक्ष शिव नाथ पाण्डेको अध्यक्षतामा बसेकोे कार्यकारी समितिको बैठकले विकसित घटानाक्रमलाई मध्यनजर गर्दै संघले सम्बन्धित सरोकार व्यक्ति तथा बीमा समितिसँग आवश्यक छलफल तथा परामर्श गरी उपयुक्त निर्णय लिदैँ जाने निर्णय समेत गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved