बीमा पोलिसीको अवधि सकिनु अघि नै बीमितलाई जानकारी दिन समितिको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2020 | 11:28:37 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई बीमालेखको अवधी समाप्त हुनु अघि नै बीमितलाई सूचित गर्न निर्देशन दिएको छ । बीमालेख जारी गर्दा वा नविकरण गर्दा जुनसुकै माध्यमबाट बीमाशुल्क संकलन गर्न सक्ने व्यवस्था गर्न समेत समितिले आग्रह गरेको छ । 

तोकिएको समयमा बीमा शुल्क भुक्तानी नगरे बीमालेख व्यतित नहुने भएको छ । समितिले चैत्र १० गते परिपत्र जारी गर्दै निर्धारित समयमा शुल्क बुझाउन नसकेमा बीमालेख व्यतित नहुँने र उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको १५ दिनभित्र बुझाउन सकिने व्यवस्था मिलाउन इजाजत प्राप्त सबै जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।साथै, १५ दिनभित्र किस्ता बुझाएमा ब्याज नलाग्ने व्यवस्था मिलाउन समेत समितिले सबै जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेका कारण सो अवधिभरका लागि यस्तो व्यवस्था गरिएको समितिले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved