बीमा कम्पनीले हरेक वर्ष भदौ भित्र वित्तीय विवरणको सैद्धान्तिक स्वीकृति लिनुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 01:30:36 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले निर्जीवन तथा पुनर्बीमा व्यवसाय गर्ने बीमकको बीमांकीय मूल्यांकनसम्बन्धी निर्देशिका, २०७६ जारी गरेको छ । निर्जीवन तथा पुनर्बीमा व्यवसाय गर्ने बीमकको बीमांकी मूल्यांकन गरी बीमकको दायित्व भुक्तानीका लागि वित्तीय सवलता यकिन गर्ने व्यवस्था गर्नका लागि उक्त निर्देशिका जारी गरिएको समितिले जनाएको छ ।  उक्त निर्देशिका बीमा ऐन २०४९ को दफा ८ (घ२) जारी भएको हो । 

यस निर्देशिकामा  बीमकले प्रत्येक आर्थिक वर्ष समाप्त भएको चार महिना भित्र बीमांकीय मूल्याकन प्रतिबेदन समितिमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ । बीमकले प्रत्येक आर्थिक वर्षको अन्त्यमा रहेको सम्पत्ति र दायित्वको मूल्यांकन यस निर्देशन बमोजिम गर्नु पर्ने व्यवस्था रहेको छ । साथै, बीमांकीय मूल्यांकन प्रतिबेदन समितिले आवश्यक ठानेमा अन्य बीमांकीद्धारा पुनरावलोकन गर्न बीमकलाई निर्देशन दिन सकिने व्यवस्था समेत गरेको छ ।

बीमकले बीमांकीय मूल्यांकन गर्नु अघि आर्थिक वर्ष समाप्त भएको दुई महिना भित्र समितिबाट आफ्नो वित्तीय विवरणको सैद्धान्तिक स्वीकृति लिनुपर्नेछ ।

बीमकले सोल्भेन्सी मार्जिनको अनुपात न्युनतम १.५ प्रतिशत हुनुपर्ने व्यवस्था रहेको छ । यदि बीमकको सोल्भेन्सी मार्जिन कम हुने देखिएमा बीमांकीले समितिलाई जानकारी गराउनु पर्ने हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved