जीवन बीमा कम्पनीले संकलन गरे ६० अर्ब बढी प्रिमियम, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2020 | 11:38:23 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको फागुनसम्ममा जीवन बीमा कम्पनीले ६० अर्ब बढी बीमाशुल्क (प्रिमियम) आर्जन गरेका छन् । १९ जीवन बीमा कम्पनीहरुले यस अवधिमा कुल ६० अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् । कम्पनीहरुले प्रथम बीमा शुल्क २० अर्ब ५६ करोड र नविकरण बीमाशुल्क ३९ अर्ब ३६ करोड गरी सो बराबरको बीमा शुल्क संकलन गरेका हुन् । 

यस अवधिमा सबै भन्दा बढी बीमा शुल्क संकलन नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । बीमा साितिको तथ्यांक अनुसार यस अवधिमा नेपाल लाइफले १८ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै, एलआईसी नेपालले ९ अर्ब ६८ करोड, राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ३९ करोड, नेशनल लाइफले ५ अर्ब ४६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको बीमा समितिको तथ्यांक छ ।

यस अवधिमा एशियन लाइफ इन्स्योरेन्सले २ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्ज गरेको छ । प्राइम लाइफ र सूर्या लाइफले २ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छन् । मेट लाइफ यस अवधिमा १ अर्ब ९४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । भने गुराँस लाइफले १ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

पूराना कम्पनीलाई उछिन्दै यूनियन लाइफ 

नयाँ जीवन बीमा कम्पनी यूनियन लाइफले पूराना पाँच वटा जीवन बीमा कम्पनीहरु भन्दा बढी बीमा शुल्क संकलन गरेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार यस अवधिमा यूनियन लाइफ इन्स्योरेन्सले एशियन लाइफ, सूर्या लाइफ गुराँस लाइफ, मेट लाइफ र प्राइम लाइफलाई बीमा शुल्क संकलनको आधारमा पछि पारेको देखिन्छ । यस अवधिमा युनियन लाइफल इन्स्योरेन्सले ३ अर्ब १० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । 

सिटिजन लाइफ इन्स्योरेन्सले एक अर्ब २३ करोड रुपैयाँ, रिलायवल नेपाल लाइफले एक अर्ब दुई करोड रुपैयाँ र ज्योति लाइफले एक अर्ब ४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । 

त्यस्तै, आइएमई लाइफले ८४ करोड रुपैयाँ, सन नेपाल लाइफ ८३ करोड रुपैयाँ, प्रभु लाइफ, सानिमा लाइफले ४१ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ३७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved