नेपाल लाइफले ल्यायो दुईवटा अनलाइन सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2020 | 11:37:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले दुई वटा अनलाईन सेवा सञ्चालनमा ल्याएको छ ।  कम्पनीले ‘म्याच्युरिटी क्लेम’ र ‘क्लेम इन्टिमेसन’ नामक दुईवटा अनलाइन सेवा संचालनमा ल्याएको हो । कम्पनीले लकडाउनको अवधिमा आफ्ना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ । 

कम्पनीले ल्याएको ‘म्याच्युरिटी क्लेम’ सेवा मार्फत आफ्ना बीमितहरुले बीमालेख म्याच्युरिटी हुने समयावधीको जानकारी लिन सक्नेछन् । यस सेवामा म्याच्युरिटीको समय पुगेका बीमितहरुले आफ्नो बीमालेखको म्याच्युरिटी क्लेमको प्रक्रिया अघि बढाउन सक्नेछन् । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट म्याच्युरिटी क्लेमको प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी ‘क्लेम इन्टिमेसन’ सेवा अन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइन मार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाडि बढाउनेछन् ।

नेपाल लाइफले आफ्ना सेवाग्राहीलाई जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त दुरुस्त बनाउनका लागि आवश्यक प्रविधिको प्रयोग गर्दै आफ्नो अनलाइन सेवालाई समय सापेक्ष अझ परिस्कृत गर्दै लगेको जनाएको  । जस अन्तर्गत आफ्ना बीमितहरुको काम कारवाही बिना रोकावट अघि बढाउन यो सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा समय सापेक्ष आफ्ना सेवाहरु अझ परिस्कृत तथा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने प्रतिवद्धता कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

आफ्ना अभिकर्ता तथा सेवाग्राहीहरुको काम कारवाहीमा कुनै कमी हुन नदिन कम्पनीले यस विषम परिस्थितिमा ‘भरच्युअल अफिस’को रुपमा घरैबाट सेवा प्रवाह गर्नको लागि कर्मचारीहरु अनलाइन मार्फत सेवा दिइरहेको जनाएको छ ।

यस समयमा बीमा सम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिगविजय सिंघल) वा आफ्ना नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख, शाखा र उपशाखा प्रमुखहरुबाट जानकारी तथा सेवा उपलब्ध हुने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम e-Sewa, Prabhu Pay  Nepal Investment Bank मार्फत अनलाइन भुक्तानी गर्न सकिने कम्पनीले जानकारी गराएको छ । साथै, यस विषम परिस्थितिमा बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्पूर्णमा एकजुट भई सकेसम्म घरमै बसी एक अर्कालाई सहयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved