मेटलाइफ नेपालका सबै कार्यालय बन्द, अनलाइनबाट सेवा पाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2020 | 12:36:36 PM मा प्रकाशित

laxmi  sunrise bank

मेटलाइफ नेपालले विद्युतीय माध्यमबाट सेवालाई निरन्तरता दिने जनाएको छ । मेट लाइफले सबै कार्यालयहरु भौतिक रुपमा बन्द रहने भएता पनि अनलाइनबाट हुने सेवाहरुलाई निरन्तरता दिने भएको हो । 

कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध लड्न सरकारको कदमलाई समर्थन गर्दै अर्को सूचना जारी नभएसम्म हाम्रो सबै कार्यालयहरू भौतिक रूपमा बन्द रहने भएपनि विद्युतीय माध्यमबाट निरन्तर सेवा एवं सुरक्षा दिने गरी विभिन्न कार्य योजनाहरू लागु गरेको जनाएको छ । 

मेटलाइफले लकडाउनको अवधिका कारण बीमा शुल्कको भुक्तानी हुन नसकेका सबै सक्रिय बिमालेखहरूलाई निरन्तरता दिने, लकडाउनको अवधिका कारण भुक्तानी हुन नसकेका बीमाशुल्क सार्वजनिक सेवाहरू पुनः सुचारु भएको १५ दिन भित्र भुक्तानी गरेमा कुनै पनि बिलम्ब शुल्क नलिने र  कम्पनीको वेबसाइटबाट अनलाइन बीमाशुल्क भुक्तानी सेवा सुचारु राख्ने व्यवस्था गरेको जनाएको छ । 

त्यस्तै,अत्यावश्यक सेवासम्बन्धी सम्पूण कार्यहरू कर्मचारीले घरबाटै सञ्चालन गर्ने, जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved