कोरोना बीमा गर्न कुन जिल्लाका नागरिकले कहाँ सम्पर्क गर्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2020 | 08:26:00 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले कोरोना भाइरस सम्बन्धी बीमालेख आजदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले आज कोरोना भाइरस (कोभिड–१९)रोग सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारिक शुरूवात गरेका हुन् ।

कोरोना बीमा गर्न चाहानेहरुले सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीमाफर्त बीमालेख खरिद गर्न सक्ने छन् ।अनलाइनमार्फत पनि यस बीमालेख खरिद गर्न सकिने समितिका अध्यक्षको भनाई छ । काठमाडौँमा रहेका नागरिकले २० वटै निर्जीवन बीमा कम्पनीमध्ये जुनसुकै कम्पनीबाट पनि कोरोना बीमा गर्न सक्नेछन् । 

कुन जिल्लाका नागरिकले कुन कम्पनीमा सम्पर्क गर्ने ?

कोरोना बीमालेख जारी गर्दा हाल कृषि बीमा तथा लघु बीमाका लागि तोकिएको जिल्लामा कार्यरत बीमा कम्पनीहरुले अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने समितिको भनाई छ । कोरोना भाइरस बीमाको व्यवस्थापन लघुबीमा अन्तर्गत मौजुदा लघु बीमा मार्फत गर्ने र बीमालेखहरु जारी गर्दा हाल कृषि बीमा तथा घुम्ती बीमाका लागि तोकिएका जिल्लामा कार्यरत बीमा कम्पनीले अनिवार्य रुपमा गर्नुपर्ने समितिले जनाएको छ ।

नेपाल इन्स्योरेन्स: दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका नागरिकले नेपाल इन्स्यारेन्स कम्पनीबाट कोरोना बीमा गर्न सक्नेछन् । 

राष्ट्रिय बीमा कम्पनी: बझाङ, डोटी र कैलालीका नागरिकले राष्ट्रिय बीमा कम्पनीबाट कोरोना बीमा गर्न सक्नेछन् ।

युनाइटेड इन्स्योरेन्स: युनाइटेड इन्स्योरेन्स कम्पनीले हुम्ला, बाजुरा र अछाम जिलका नागरिकलाई कोरोना भाइरस बीमालेखको दायरामा ल्याउनु पर्ने छ  । 

एभरेष्ट इन्स्योरेन्स : एभरेष्ट इन्स्योरेन्स कम्पनीले कालिकोट, दैलेख, सुर्खेत र बर्दिया जिल्लाका नागरिकलाई कोरोना भाइरस बीमालेखको दायरामा ल्याउनु पर्ने छ । 

सगरमाथा इन्स्योरेन्स: मुगु, जाजरकोट र जुम्लाका नागरिकले सगरमाथा इन्स्योरेन्स कम्पनीबाट कोरोना बीमा गर्न सक्नेछन् ।

एनएलजी इन्स्योरेन्स: एनएलजी इन्स्योरेन्सले डोल्पा, पश्चिम रुकुम, सल्यान र बाँके जिल्लामा कोरोना बीमा गर्नु पर्ने छ । 

सानिमा जनरल इन्स्योरेन्स: सानिमा जनरल इन्स्योरेन्सले कपिलवस्तु, नवलपुर र मोरङ जिल्लामा रही कोरोना बीमा गर्नु पर्ने छ । 

जनरल इन्स्योरेन्स : जनरल इन्स्योरेन्स कम्पनी रसुवा, सिराहा र पर्साका नागरिकलाई कोरोना बीमाको दायरामा ल्याउनु पर्ने छ । 

अजोड इन्स्योरेन्स : अजोड  इन्स्योरेन्सले गुल्मी, पर्वत, पूर्वरुकुम र रौतहटका नागरिकको कोरोना बीमा गर्नु पर्नेछ । 

प्रभु इन्स्योरेन्स: प्रभु इन्स्योरेन्सले मुस्ताङ, म्याग्दी, बाग्लुङ र स्याङ्जा, सिद्धार्थ इन्स्योरेन्स मनाङ, कास्की, पाल्पा र रुपन्देही जिल्लामा कोरोना बीमा गर्नुपर्नेछ ।

प्रुडेन्सियल इन्स्योरेन्स: गोरखा, लम्जुङ, तनहुँ, परासीका नागरिकले प्रुडेन्सियल इन्स्योरेन्सबाट उक्त बीमालेख खरिद गर्न सक्नेछन् । 

शिखर इन्स्योरेन्स: शिखर इन्स्योरेन्सले चितवन, मकवानपुर, धादिङ र नुवाकोट जिल्लामा रही कोरोना बीमा गर्नु पर्ने छ । 

हिमालयन जनरल : हिमालयन जनरल इन्स्योरेन्सले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर र बारा जिल्लामा रही कोरोना बीमा गर्नु पर्ने छ । 

प्रिमियर इन्स्योरेन्स: प्रिमियर इन्स्योरेन्स कम्पनीले दोलखा, रामेछाप, सिन्धुली र सर्लाहीमा कोरोना बीमा गर्नुपर्नेछ । 

आइएमई जनरल: आइएमई जनरल इन्स्योरेन्सले सोलुखुम्बु, ओखलढुङ्गा, महोत्तरी, धनुषा जिल्लाका नागरिकलाई कोरोना भाइरस बीमालेखको दायरामा ल्याउनु पर्ने हुन्छ । 

लुम्बिनी जनरल इन्स्योरेन्स : लुम्बिनी जनरल इन्स्योरेन्स सङ्खुवासभा, भोजपुर, खोटाङ र उदयपुर जिल्लामा रही कोरोना बीमा गर्नु पर्ने छ । 

नेको इन्स्योरेन्स: ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लाका नागरिकले नेको इन्स्योरेन्सबाट कोरोना बीमा गर्न सक्ने छन् । 

दि ओरिइण्टल इन्स्योरेन्स: दि ओरिइण्टल इन्स्योरेन्सले धनकुटा, सुनसरी, तेह्रथुम र सप्तरी जिल्लाका नागरिकलाई कोरोना बीमाको दायरामा ल्याउनु पर्ने छ । 

नेशनल इन्स्योरेन्स: नेशनल इन्स्योरेन्सले रोल्पा, प्यूठान, दाङ र अर्घाखाँचीजिल्लाका नागरिकलाई कोरोना भाइरस बीमालेखको दायरामा ल्याउनु पर्ने छ ।

कोरोना भाइरस सम्बन्धी बीमालेखमा हाल विद्यमान रहेको घातक रोग सरहको बीमालेख अनुसार हुने गरी गर्ने व्यवस्था गरेको छ । उक्त बीमा अन्तर्गत क र ख बीमाङ्क कायम गर्ने समितिले जनाएको छ । व्यक्तिगत एक लाख रुपैयाँको बीमालेख खरिद गर्दा एक हजार रुपैयाँ प्रिमियम तिर्नुपर्ने छ । यदि परिवारकै बीमा गर्ने हो भने प्रति व्यक्ति ६ सय रुपैयाँ तिर्नु पर्ने छ । त्यस्तै, ५० हजार रुपैयाँको बीमालेख खरिद गर्दा ५ सय रुपैयाँ प्रिमियम भुक्तानी गर्नु पर्नेछ । साथै, सोही बीमाङ्क रकमका लागि सम्पुर्ण परिवारको बीमा गर्ने हो भने प्रति व्यक्ति तीन सय रुपैयाँ प्रिमियम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको बीमा समितिले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved